देबेन्द्र सुर्केली / एचकेनेपाल डट कम
काठमाडौं, १७ भदौ। उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको निर्वाचनले देशले निकास पाउने बताउनु भएको छ। किरात याक्थुङ चुम्लुङ रजतजयन्ती उद्घाटन समारोहमा बाल्दै उपराष्ट्र झाले मुलुक समस्यामा रहेको अवस्थामा निकास दिने एकमात्र विकल्प निर्वाचन रहेको बताउनु भयो। उहाँले जात भाषा, संस्कार, संस्कृति र रीतिरिवाज संरक्षणको लागि सम्पूर्ण जातजाति आफै सक्रिय हुनुपर्नेसमेत धारणा राख्नुभयो।
यसैबिच ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन हेक्याम’ भन्ने नाराका साथ किरात याक्थुङ चम्लुङुले आजदेखि रजतजयन्ती मनाउन शुरु गरेको छ । किरात याक्थुङ चुम्लुङ आजबाट २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चुम्लुङले वर्षभर रजत जयन्ती मनाउन शुरु गरेको हो। उक्त रजतजयन्ती वर्षभर नै मनाइने छ। रजतजयन्तीको उद्घाटन सम्माननीय उपराष्ट्रपति परमानन्द झाले चुम्लुङहिम शोभाहिटी ललितपुरमा लिम्बूहरुको बाजा (के) बजाएर उद्घाटन गर्नुभएको हो। साथै बेलुन उडाएर रजतजयन्तीको पनि शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा २०६९ सालको एसएलसीमा सर्वोत्कृष्ट भएका लिम्बु छात्रछात्रालाई सम्मानसमेत गरिएको छ। साथै चुम्लुङको विशिष्ट संरक्षक, संरक्षक सदस्य र आजीवन सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्रा.डा. नोबलकिशोर राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पनि मन्तव्य दिनुभएको थियो। उद्घाटन समारोहको पूर्वसन्ध्यामा चुम्लुङले ललितपुरको जावलाखेलदेखि चुम्लुङहिम शोभाहिटी ललितपुरसम्म ¥याली आयोजना गरेको थियो।
तस्वीरः देबेन्द्र सुर्केली / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b