Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रचण्ड पुत्रले २ करोड नलिने भयो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ चैत्र । चारैतिरबाट विरोधका स्वरूहरू उठेपछि अन्ततः प्रचण्ड पुत्र प्रकाश दाहालले सगरमाथा आरोहणका लागि सरकारी सहायता २ करोड रूपैयाँ नलिने भएका छन्।

माओवादी पार्टी मुख्यालयमा आइतबार पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड पुत्र प्रकाश दाहालले बाबुछोरालाई नै बदनाम गर्ने षड्यन्त्र भएकोमा दुःख व्यक्त गरे। प्रचण्ड पुत्र प्रकाशको टोलीलाई सगरमाथा आरोहणको लागि सरकारले २ करोड दिने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो।

‘लुम्बिनी-सगरमाथा शान्ति अभियान- २०१२’ अभियान संयोजक माओवादी केन्द्रीय सदस्य कृष्ण केसीले पत्रकार सम्मेलनमा बोल्दै सरकारी सहायता नलिने घोषणा गरेका हुन्। सहयोग रकम द्वन्द्व पीडितका लागि खर्च गर्न सरकारलाई आग्रह गर्ने उनले बताए। सगरमाथा आरोहणलाई अरूले रोमान्टिक यात्राका रूपमा बुझेकोमा दुःखसमेत व्यक्त गरे। उनले सरकारी सहायता रकम नलिएपनि संविधान र पर्यटन विकासका लागि सगरमाथा आरोहण कार्यक्रम नरोक्ने बताए। उनले सर्वसाधारणसँग एक-एक रुपैयाँ सहयोग लिएरै भएपनि सगरमाथा चढेर छाड्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by