देवीजंग तमू / एचकेनेपाल डट कम-
पोखरा, १६ भदौ। कास्की याङ्जाकोट निवासी मृगौलापीडित भूश्री गुरुङलाई युकेबाट १ लाख सहयोग प्राप्त भएको छ।
हालै तमू प्ये ल्हु संघ फलिना क्वोँइपो परिसरमा आयोजित हस्तान्तरण कार्यक्रममा तमू प्ये ल्हु संघ युके आमा समूहका अध्यक्ष विष्णुमाया क्रोम्छै तमू र युके शाखाका निकिता प्हच्यु तमूको सक्रियतामा युकेमा संकलित १ लाख रुपैया विष्णुमाया क्रोम्छै तमूका आमा धनकुमारी तमू र निकिता प्हच्यु तमूका आमा फुलमाया तमूले पीडित भूश्री तमूलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा तमू प्ये ल्हु संघ केन्दि«य समितीका कार्यवाहक अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमू, ल्हेगेँ तमू समाज नेपालका अध्यक्ष सुवेदार रण वहादुर ल्हेगेँ तमू, विष्णु माया क्रोम्छै तमूका आमा धनकुमारी तमू लगायतले भुश्रीको शिघ्र स्थास्थ्य लाभको कामना गरेका थिए। ०६९ साल पौष महिनामा काठमाडौँमा स्वस्थ्य परिक्षणको क्रममा मृगौलामा खराब देखिएका ४१ वर्षीया भूश्रीलाई सहयोग गर्न चाहनुहुनेहरुले हिमाली बैँक न्युरोड पोखराको खाता नम्वर ०१६०४३२८९९००१२ मा जम्मा गर्न सकिने उनका श्रीमान् सूर्य तमूले जानकारी दिए। यसअघि, भूश्रीलाई तमू प्ये ल्हु संघ युएई, कुवेत, युके लगायतका विभिन्न देश तथा विदेशहरुबाट व्यक्तिगत एवम् संस्थागत रुपले आर्थिक सहयोग प्राप्त भइसकेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b