शिशिर सिंखडा / एचकेनेपाल डट कम –
चितवन, १६ भदौ। विक्रमबबा हाउजिङ प्रालि भरतपुरका अध्यक्ष लेखराज पन्त(हरि)ले चितवनको पहाडी गाविस काउले–४ हात्तीवाङकी शर्मिला चेपाङलाई सिएमए पढाउने घोषणा गरेका छन्।

हात्तीवाङको श्रीराष्ट्रिय माविवाट यसै बर्ष प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी शर्मिलालाई रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पन्तले आवासीय सुविधासहित सिएमए पढ्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन्। आज आइतवार घोषणा गरिएको भएपनि पन्तले शर्मिलालाई नेपाल पोलिटेक्निक इष्टिच्युटमा भर्ना गरी पढाउन सुरु गरिसकेका छन्। कार्यक्रममा विक्रमबबा हाउजिङ प्रालिका अध्यक्ष पन्तले शर्मिलाको पढाईको लागि लागने मध्य पहिलो किस्ता ५० हजार रुपैयाको चेक नेपाल पोलिटेक्निक इष्टिच्युटलाई हस्तान्तरण गरे। यसैबीच खाद्यन्न अभाव झेल्दै आएको संरक्षण केन्द्रलाई भरतपुर नारायणी फर्निचरका सञ्चालक दिलबहादुर श्रेष्ठले खाद्यन्न खरिदको लागि वार्षिक रुपमा रु १० हजार सहयोग गर्ने घोषणा गरेका छन्। केन्द्रका ४७ जना चेपाङ वालवालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस