तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
नेपाली राजदूतावासमा कार्यरत् परिक्षणकालमा काम गरेका राजदूतको निजी सचिवका रुपमा काम गरेका शालीग्राम पौडेलले नेपाली राजदूतावासमा एनओसीमा ६ महिनाका लागि अस्थायी नियुक्तिमा काम गरेको बताउदै आफ्नो आवासिय भिषा लगाइदिन आफूलाई भिषा उपलब्ध गराएका कम्पनीका व्यक्तिलाई वारम्बार अनुरोध गरेको र महामहिम राजदूत स्वयम्ले पनि आफ्नो आवासिय भिषा लगाईदिनको लागि कम्पनीलाई आग्रह गरेको बताउदै आएका थिए।

आफू कतार आएको ३ महिनाभन्दा बढी भएपनि भिषा नलगाइरहेको अवस्थामा कम्पनीका आधिकारिक व्यक्तिलाई भिषा लगाइदिन निरन्तर अनुरोध गर्दा कम्पनीका संचालकले कम्पनीबाट तत्काल भिषा लगाइदिनका लागि प्रक्रिया भइरहेको छ र धैर्यपूर्वक पर्खन आग्रह गरेको पौडेल स्वयम्ले बताउदै आएका थिए। आफ्नो आवासिय भिषा प्रक्रियासंग दूतावासको सम्बन्ध नरहेको र कम्पनीको एनओसीको आधारमा राजदूतावासद्धारा अस्थायी नियुक्त पाएर आफू राजदूतावासमा परिक्षण अवधिमा काम गरिरहेको र सोही अवधिभित्र स्थानीय कम्पनीबाट उनको भिषा लगाउने प्रक्रिया चलिरहेको कम्पनीले जानकारी दिदैं आएको बताउने पौडेल दूतावासको अस्थायी कामबाट स्वेच्छिक राजिनामा गरेर नेपाल फर्कीसकेका छन्। दुतावासमा कार्यरत् रहदासम्म स्वयम्ले आफ्नो काम र आफ्नो भिषाको विषयमा यस्तो अभिव्यक्ति दिइरहेका पौडेलले, उनी नेपाल फर्कनासाथ कान्तिपुर अनलाइनमा “राजदूतकै निजी सचिव गैरकानुनी हैसियतमा” भन्ने अर्कैै किसिमको भ्रमपूर्ण समाचार आएको जनाइएको छ।

कान्तिपुर अनलाइनमा प्रकाशित भएको समाचारको विषयमा राजदूत डा. मायाकुमारी शर्मासंग जानकारी लिदा राजदूत डा.शर्माले नेपाली राजदूतावासले शालिग्राम पौडेललाई उनलाई भिषा उपलब्ध गराउने कम्पनीबाट प्राप्त एनओसीका आधारमा परिक्षणकालमा रहने गरी अस्थायी स्वकिय सचिवका रुपमा नियुक्त गरिएको वताए। पौडेललाई प्रक्रियाबद्ध ढंगबाट अस्थायी नियुक्त गरिएको हो । उनको भिषा लगाउनुपर्ने दायित्व स्थानिय कम्पनीको हो । यसैविचमा परिक्षणकालमा रहेका पौडेल भिषाको कारोवारमा समेत संलग्न भएको पाइएको र नियोगको अत्यन्त महत्वपूर्ण काममा समेत आफ्नो जिम्मेवारीमा लापर्वाही गरेको पाइएकोले राजदूतावासले उनलाई सचेत समेत गराउदै अन्य ठाँउमा काम खोज्न विकल्प दिएपछि मात्र पौडेलले आफ्नो भिषा अझै कम्पनीले नलगाइदिएको खुलासा गरी सोको जानकारी दिएको राजदूत डा. शर्माको भनाई थियो।

आवासिय भिषा स्थानीय कम्पनीले नलगाइदिएको भन्ने जानकारीमा आएसकेपछि कम्पनीका संचालकलाई भिषा लगाइदिन र अवैधानिक नवनाउन आफूले पनि अनुरोध गरेको बताउदै राजदूत डा. शर्माले उनको भिषा कम्पनीले नलगाईदिने हो भने पौडेललाई राजदूतावासले अवैधानिक रुपमा राख्न नमिल्ने भएकोले उनको भिषा तत्काल लगाइदिनको लागि स्थानीय कम्पनीलाई अनुरोध गरेपनि भिषा प्रक्रियामा किन विलम्ब गरेको हो सो कम्पनीलाई नै थाहा हुने बताए।

राजदूतावासले पौडेललाई कम्पनीको एनओसीको आधारमा अस्थायी नियुक्ति गरेको हुनाले दूतावासले गैरकानुनी हैसियतमा पौडेललाई नियुक्त नगरेका तर उनले जानकारी दिदासम्म उनको भिषाको अवधि सकिएर कतारको नियमअनुसार दैनिक जरिवाना तिर्नुपर्ने अवस्था आइसकेको र स्थानिय कम्पनीद्धारा भिषा लगाइदिने प्रक्रिया भईरहेको भन्ने जानकारी पाएपछि भिषा पर्खन दैनिक जरिवाना तिर्नुपर्ने परिस्थिति आएको हो।

पौडेलबाट कसैले पनि कुनै किसिमको रकम नलिएको बताउदै राजदूत डा. शर्माले नियोगले पौडेललाई राजदूतावासमा अस्थायी नियुक्ति दिएर सहयोग गरेको र अन्तिममा उनको कार्यशैलीमा लापर्वाही भएकोले अन्य ठाँउमा काम खोज्न सल्लाह दिदा पौडेल आफैले राजिनामा दिएर नेपाल फर्कन चाहेकोले राजदूतावासले उनको राजिनामा स्विकृत गरि दिएको हो । उनको भिषा र जरिवानाको वारेमा स्थानीय कम्पनी जिम्मेवार र जानकार रहेको बताउदै तत्कालिन अस्थायी स्वकिय सचिवका रुपमा मात्र शालिग्राम पौडेलको दूतावाससंगको सम्बन्ध रहेकोे बताए।

राजदूत डा. शर्माले सत्यतथ्यलाई तोडमोड गरेर केही मिडियाले वेलावेलामा अनर्गल र नकारात्मक प्रचारबाजी गर्दै नेपाली नियोग र नियोग प्रमुख कमजोर र गलत रहेको भ्रमात्मक सन्देश लेख्दैगर्दा एकचोटी सत्यतथ्य बुझेर, नियोगका काम कारवाहीलाइ निष्पक्ष भएर सम्प्रेषण गरीदिनको लागि मिडीयालाई अनुरोध गर्दै सत्यतथ्य समाचार लेख्नका लागि मिडीयालाई आफ्नो तर्फबाट सहयोग रहने वताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस