दधिराज घिमिरे / एचकेनेपाल डट कम-
बेलायत, गैरआवासिय नेपाली संघ, बेलायतको उम्मेदवार दर्ता गर्ने अन्तिम समयसम्म एकताको पहल बिफल भई दुबै समूहले बेग्ला बेग्लै निर्वाचन कार्यालयमा गएर उम्मेद्धारी दर्ता गराएका छन्।

गैर आवासिय नेपाली संघ, बेलायतलाई फुटवाट गुज्रनबाट कसैले रोक्न सकेन। बेलायतमा रहेका गैरआवासिय नेपाली संघका सदस्यहरुले यो तितो सत्यलाई आत्मसात गर्न बाध्य भएका छन्। हिज डा. सूर्य सुबेदीको नेतृत्वमा हुने भनिएको बार्तालाई संस्थापन पक्षले अन्तिम समयमा बहिष्कार गरेपछि एकताको प्रयास बिफल भएको हो। तर संस्थापन पक्ष अभैm पनि छलफलको अन्त नभएको बताएको छ। यि बिषयहरुले सार्थकता पाउने देखिदैन। मात्र फुटको अपजस कस्ले बोक्ने भन्नेमा मात्र बहस हो र महेन्द्र कंणेललाई नेतृत्व कुनै हालतमा नदिने भन्ने बिषयलेनै फुटको बिजारोपण गरेको भन्ने कुराले नै बेलायतबासीहरुको बुझाई रहेको छ।

योगेन्द्र क्षेत्री र महेन्द्र कंडेल

गत अगष्ट १७ मा गैरआवासिय नेपाली संघ, बेलायतमा रहेको सदस्य दर्तामा भएको त्रुटीले अहिले दुई समूहमा बिभाजित गरेको छ । यो फुटमा बिभिन्न राजनैतिक संगठनहरु र सामाजिक संगठनहरुमा पनि प्रभाव परेको छ । राजनैतिक पार्टीका मंचहरुमा जनसपर्क मंच बढीमात्रामा दुई धुब्रमा रहेको पाईएको छ । जनसंपर्क मंचका सदस्यहरुको बाहुल्य रहेको योगेन्द्र क्षेत्रीले नेतृत्व गरेको गैरआवासिय नेपाली संघ, बेलायतमा देखिएको छ। साथै एनडिएफको पनि यो समूहमा न्यूनको मात्र अनुहार देखिएको छन्। केहि एनआरएन कार्य समितीका सदस्यहरु र सल्लाहकारहरुको प्रतिनिधित्व रहेको छ। सामाजिक सामाजको महासचिव र केही सदस्यहरु रहेको छ। आईसिसीमा पार्टीको र एनआरएन कार्य समितीको छाप नै पाईयो । यो समितीका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री ब्यवसायिक पृष्ठभूमिको हुनुहुन्छ। अधिकांश संस्थानपक्षको उपस्थिती रहेको यो समितीमा कुनै खालको खुसी र उत्साह भने थिएन। बेलायतको समाजलाई एकताबद्ध बनाएर लैजने पर्ने र सबैको साझा संगठन हुनु पर्नेमा आफै बिभाजित हुंदा आगमी दिनमा आउने चुनौतिलाई कसरी अगाडी बढ्ने छ हेर्न बांकी छ।

रोचक कुरा त के भने दुई लाख भन्दा बढीको बसोबास भएको बेलायतमा गैरआवासिय नेपाली संघ, बेलायतका उम्मेदवारहरुले दुई बजेको अन्तिम समयसम्म पनि प्रस्तावक र समर्थकको अभाव भएको थियो। यो समूहसंग पांच हजार पाच सय सदस्य रहका छन्। प्रस्तावक र समर्थक अभावका बिच पनि उमेद्धार दर्ता गने प्रकृया सकिएको छ। गैर आवासीय नेपाली संघ, बेलायतलाई परिवर्तन गरिनु पर्छ र सबैको साझा गैरआवासीय नेपाली संघ, बेलायतलाई बनाउने तर्फ उन्मुख निर्वाचन समितीले आफ्नो काम गरेको छ। यो समितीमा छ हजार तीन सय सदस्य रहेका छन्। आज सदस्य दर्ता प्रकृयामा बिद्रही भएर होला उत्साही देखिन्थ्ये । सय जनाको हाराहारीमा गैरआवासिय नेपाली संघ, बेलायतका सदस्यहरुको उपस्थिती रहेको थियो। कार्यक्रम अत्यन्त सौहार्द देखिएको थियो । उपस्थितहरुले बेलायतमा रहेका संघ सस्थाहरुलाई बेवस्था गरेर गैरआवासिय नेपाली संघ, बेलायतको संस्थापन पक्षले आउने दिनहरुमा कस्तो कार्यक्रम अगाडी बढाउछ भनेर बहस गरिरहेका थिए। यो समूहलाई सबै भन्दा ठुलो चुनौति भनेको गैरआवासिय नेपाली संघ, केन्द्रले बैधानिक दिन्छ कि दिन्न भन्नेनै हो। यदी बैधानिकता नपाएमा बेलायतको समाजमा हलचल मच्चाउने कार्यक्रम गरी रहेको समूहले के गर्छ आगामी कार्यक्रले देखाउने छ। चुनौतीहरु
दुबै निर्वाचन आयोगले निम्न नामवली प्रकाशन गरेको छ।

अध्यक्ष महेन्द्र कंडेल, उपाध्यक्षद्वय सूर्य नेम्वाङ्ग, हिराधन राई, संयोजक राज कुमार त्रिपाठी, सह संयोजक डम्वर लिम्बु, कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, सदस्यहरु तिल कुमारी लिम्बु, धर्म तामाङ्ग, योगेस राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ्ग, बुद्धिराम थापा मगर, ललित न्यौपाने, आई. सि. सि. सदस्यहरु तेज राई कैलास नेपाल, कर्ण शाही, बिज्ञान प्रसाई, बिनोद ज्ञावाली रहनु भएको छ।

अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, उपाध्यक्ष कृष्ण तिद्धिलसिन, बाल बहादुर गरुङ्ग, राष्ट्रिय संयोजक योग कुमार फगामी, राष्ट्रिय सह संयोजक सगिंता मरहठ्ठा, कोषध्यक्ष डासु पाण्डे, सदस्यहरु हरी बहादुर थापा, गोपाल बहादुर गुरुङ्ग, जय प्रकाश गरुङ्ग, अर्जुन कुमार कटुवाल, भीम गुरुङ्ग, राम बहादुर गलामी, फडिन्द्र भट्टराई आई सि.सी. सदस्यहरु सुरेन्द्र बहादुर श्रेष्ठ, सुष्मा लिम्बु राई, थर्क सेन, बिजन भट्ट, पसुमति भण्डारी रहनु भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस