एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १४ भदौ। काठमाडौंमा शुक्रवार राति ११ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ। दोलखाबाट झण्डै सय किलोमिटर उत्तर पर्ने तिब्बती क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुइँचालो गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

करीव ५ सेकेण्डभित्र दुई पटक जमिन हल्लिएपछि काठमाडौंबासी आतंकित हुँदै घरबाहिर निस्किएका थिए। भूकम्पका कारण जिरी, दोलखा हुँदै काठमाडौं उपत्यकासम्म धक्का महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस