एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २६ भदौ। अफगानिस्तानले भारतलाई पराजित गर्दै पहिलो पटक आठौं साफ च्याम्पियनशिपको उपाधि जितेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई २-० ले गोलले पराजित गरेको हो। मुस्ताफा अजदेजले नवौं र सन्जार अहमदीले ६२ औं मिनेटमा गोल गरे। यो जीत सँगै अफगानिस्तानले ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ भने भारतले २५ हजार डलर प्राप्त गरेको छ। सन् २०११मा भारतले अफगानिस्तानलाई ४-० ले पराजित गरेको थियो। दुई वर्षअघिको सपनालाई यतिबेला अफगानिस्तानले पूरा गरेको छ। खेलाडीको मनोबल बढाउन अफगानिस्तानका दुई मन्त्रीसमेत नेपाल आइपुगेका थिए। फुटबल यात्राको छोटो अवधिमै अफगानिस्तानलाई यतिका ठूलो सफलता मिलेको हो। यो जितपछि पूरा अफगानिस्तान विजयोत्सवमा डुबेको छ। tep
FINAL: Afghanistan vs India (Highlights) – SAFF Championship 2013


LIVE: Afghanistan vs India – SAFF Championship 2013

भिडियो / तस्वीर सौजन्यः साफ च्याम्पियनसिप २०१३

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस