सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
सन्देश नेम्वाङद्वारा लिखित पुस्तक ‘जीवनमा सफलताका रहस्यहरु’ विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइला, पहिलो नेपाल सुन्दरी रुवी राणासंगै निर्देशक मिलन चाम्स र गायक कमलमान सिंहले बिहीवार काठमाडौमा कृतिको बिमोचन गरेका छन्।

नेपालको प्ररिप्रेक्ष्यमा बिलकुल फरक यो कृति विश्वप्रसिद्ध सफल ब्यक्तित्वहरुका सकरात्मक भनाइको संग्रह हो। साथै लामो खोज र अनुसन्धानपछि विभिन्न विषयमाथि लेखक स्वयंले बनाएका दृष्टिकोण पनि यो पुस्तकमा संग्रहित छन्। विशेष गरी जीवनमा कसरी सफलता हासिल गर्ने अर्थात् आफ्ना सपना कसरी साकार पार्ने भन्ने विषयका विश्वप्रसिद्ध ब्यक्तित्वका भनाइ छन्।

कुनैपनि ब्यक्ति सफल हुनका लागि संघर्ष गर्छ। अज्ञात, जोन सि मेक्सल, गौतम बुद्ध माओ जस्ता ब्यक्तित्वले सफलताका लागि संघर्ष गरे। संघर्षपछि सफलताको सुत्र पत्ता लगाए र जुन उनीहरुका भनाइका रुपमा प्रसिद्ध छन्। तिनीहरुलाई खोजेर उनले यो कृतिमा राखेका छन्। ‘सबैका भनाइ संग्रह गरेर पुस्तकाकार दिन ६ महिना लाग्यो,’ लेखक नेम्वाङले भने। ब्रिटिश आर्मीका जागिरे नेम्वाङलाई सन् १९३९मा जर्मनसँगको युद्धमा ब्रिटिश सरकारले निकाले एउटा पोष्टरले यो पुस्तक लेखनका लागि प्रेरणा दिएको हो।

युद्धरत जनतालाई हौस्याउन ब्रिटिश सरकारले यस्तै एउटा भनाइको सहारा लिएको थियो, ‘keep calm and carry on’ । यति सानो वाक्यले युद्धरत मान्छेलाई साहस थप्ने रहेछ भने सफलत ब्यक्तिका खारिएका बिचारलाई सबै सामू किन नपु¥याउने भन्ने सोचको उपज यो कृति भएको लेखक नेम्वाङ बताउँछन्। पुस्तकमा अज्ञात, जोन सि मेक्सल, गौतम बुद्ध, नेल्सन मण्डेला, माओ, विल गेट्स, शीव खेरा, मदर टेरेसा, महात्मा गान्धी, हेलन केलर, माओ त्से, अब्राहम लिंकन, स्वामी विवेकानन्द, मार्टिन लुथर किङ, खलिल जिब्रान, कर्ण शाक्य र लेखक आफ्नै लगायत सयौँ बिद्धानका भनाइ छन्।

सन् २०१०मा ‘द ब्रिटिश आर्मी÷सिंगापुर पुलिस प्रिपेरेसन बुक’ र सन् २०११मा ‘हाउ टू ज्वाइन ब्रिटिश आर्मी÷सिंगापुर पुलिस फोर्स’ नामक पुस्तक उनले सार्वजनिक गरिसकेका छन्। तीन वर्ष ब्रिटिश गोर्खा प्रि ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा म्यानेजिङ डाइरेक्टरमा रहेर अनुभव संगालेका छन्। यतिबेला रेकर्डिङ भइरहेको उनले लेखेका गीतहरुको संग्रह ‘सन्देश’ एल्बम् चाँडै नै बजारमा आउँदैछ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस