तिलविक्रम थेवे-
एनआरएनए एनसीसी कतारले पाँचौं महाअधिवेसनसंगै ०१३–०१५ को कार्यकालका लागि कार्यसमितिको निर्वाचन गर्न अघि बढाएको प्रक्रिया कतार सरकारबाट स्वीकृत नभएपछि अगष्ट ३०, २०१३ मा हुने भनिएको निर्वाचन एकाएक स्थगित भएको छ।

एनआरएनए एनसीसी कतारले नेपाली राजदूतावास हातामा निर्वाचन सम्पन्न गर्न अनुरोध गरेअनुसार राजदूतावासले संस्थाको निर्वाचनका लागि एप्रोभल प्राप्त गर्न कतार सरकारलाई अनुरोध गरेको थियो । राजदूतावासले लेखिपठाएको पत्रको जवाफ कतार सरकारबाट आएन। दूतावासले एनआरएनए एनसीसीलाई सोको जानकारी दिएपछि एनआरएनए एनसीसीको निर्वाचन समिति नर्वाचन स्थगित गर्न वाध्य भएको हो।

कतारमा भर्खरैमात्र राजसंस्थाका उत्तराधिकारीद्धारा नयाँ राजाको जिम्मेवारी र सोसंगै कतार सरकारको नियम कानुन आदि इत्यादीको कारण लगायत निर्वाचन भन्ने संवेदनशील विषयसंगै जोडिएको तथा तामझाम र ठूलो जमघट गरेर गरिन लागेको यो माहौलको कतार सरकारलाई राम्रो जानकारी भएको कारणले पनि यस्तो जमघटका लागि स्वीकृति नमिलेको हुनसक्छ।

एनआरएनए एनसीसीको २७ सदस्यीय विभिन्न पदका खातिर शून्य समझदारी र सहमतिमा जनसम्पर्क समिति र लोकतान्त्रिक मञ्च दुई वैचारिक संगठनहरुको प्यानललाई जिताउनका लागि १६२८ जना परिषद सदस्यहरुको वाध्यकारी मत लिन मतदानको व्यवस्था गर्नुपर्ने वाध्यकारी र विषम परिस्थितिको श्रृजना गरी सोको लागि एनआरएनए एनसीसीले कमलमणी गुरागाईको संयोजकत्वमा निर्वाचन समिति समेत बनाएको हो।

कतार सरकारको स्विकृति हुन्छ हुन्न, यस्तो निर्वाचन परिवेश र अभ्यास कतारको भुमिमा कतार सरकारलाई मान्य हुन्छ हुदैन सो नबुझी हचुवाको भरमा नेपाली दुतावासको हातामा अगष्ट ३०, २०१३ मा निर्वाचन हुन्छ भनेर पहिल्यै नेपाली समुदायलाई सुचना गरी कतार सरकारको नियमकानुन समेत आफ्नै हातमा आफैसंग भएजस्तो गरेर एनआरएनए एनसीसीको कार्यसमितिको छनौट प्रक्रियामा समझदारी, सहमतिलाई धोती लाउदै निर्वाचन विधीमा गएर एनआरएनए एनसीसीलाई आफ्नै पोल्टामा पार्न वैचारिक संगठनहरु सक्रिय रुपमा लागिपरेका हुन्।

उतातिर सक्षम, दक्ष, विद्धान र एनआरएनएमा गएर नेपाली समुदायको वृहत्तर हित र एनआरएनएको खाका (भिजन), र कार्यक्रमलाई कार्यान्वयन गर्न चाहेका कुनै वैचारिक संगठनहरुको प्यानलमा नबसेका स्वतन्त्र र न्यायपुर्वक उमेदवारी दिएका कतिपय उमेदवारहरुलाई राजनैतिक चलखेल र गुटको नियति र एनआरएनए भित्रको राजनैतिक चलखेल, प्यानल, छक्का र पन्जाले एनआरएनएमा कामगर्न आउन दिनेछैनन् भने नेपाली समुदायभित्रका अर्थात् वैचारिक संगठनभित्रका एक र अनेक व्यक्तिहरुकै हालीमुहाली रहने स्पष्ट नै छ।

स्मरणरहोस् विभिन्न मुलुकबाट आएर काम गरिरहेका समुदायका हित र सुरक्षाको लागि अहिले कतारको नियम कानुन राम्रो र कडा रहेको छ । भर्खरैमात्र इण्डियन वेलफेयर सोसाईटी संस्थाले कतारमा सम्पन्न गरेको निर्वाचनका लागि कतार सरकारले स्पष्टिकरण समेत मागेको थियो भने भर्खरै सम्पन्न भएको इद धमाका २०१३ को नेपाली कार्यक्रममा सहभागी नृत्याङ्गना रोमा नेउपानेको लागि कार्यक्रमस्थलमा दर्शकहरुमाझ आर्थिक रकम संकलन गर्नेक्रममा आयोजक मध्येका प्रकाश गुरुङ्गलाई कतार सरकारको न्यायिक र कानुनी दायरा र निगरानीमा राखिएको छ।

यसरी एकातिर कतार सरकारको आफ्नै नियम कानुन छ जसलाई पालना गर्नुपर्दछ भने अर्कातिर आफ्नो स्वार्थ र राजनैतिक अभिष्ठ पुरा गर्न जवरजस्ती गर्न खोज्नु र निश्चय पनि राम्रो होइन। नेपाली समुदाय, सहमति र समझदारी खोजेर अगाडी बढ्न चाहेका समुदाय, विभिन्न पदहरुमा स्वतन्त्र रुपमा उमेदवारी दिएका उमेदवारहरु, एनआरएनएभित्र राजनैतिक चलखेल र दुषित चालवाजीदेखि वाक्कदिक्क भइसकेका नया परिषद सदस्यहरुको राय निर्वाचन र वैचारिक संगठनहरुको गुटबाट कार्यसमिति बन्नुराम्रो होइन भन्ने छ भने अर्कातिर कतारको वर्तमान परिस्थितिमा अहिलेको यो अवस्था जन्माउन् कारक अन्य केही नभएर एनआरएनएलाई आफ्नो पकडमा राख्ने अभिष्ठ बोकेका तिनै वैचारिक संगठनहरु हुन्।

अव कतार सरकारबाट निर्वाचन गर्न स्विकृति नपाएपछि नेपाली राजदुतावासमा जवरजस्ती गर्ने कुरापनि भएन भने नेपाली राजदुतावासले पनि आफ्नो हातामा एनआरएनए एनसीसीको चुनाव कतार सरकारको स्विकृति विना गर्न गराउनु हुदैन । यो नेपाली कुटनितिक नियोगको गरिमाको विषय हो। यसमा चुनावबाट एनआरएनएलाई आफ्नो पोल्टामा पार्न जादै गरेका वैचारिक संगठनहरु, यस्तै तिगडमवाजीबाट कार्यसमिति बनाउन पल्केका एनआरएनए एनसीसी र जसरी भएपनि एनआरएनए एनसीसीको चुनाव गराउन बनेका एनआरएनए एनसीसी निर्वाचन आयोगले पुर्णरुपमा जिम्मेवारी लिएर सहमति, सहकार्य, समावेसी, समझदारी ढंगबाट सक्षम, योग्य र इमान्दारी नेपाली श्रम र श्रमिक बुझने स्वतन्त्र उमेदवार साथीहरुसंग समेत सहकार्य गरेर निष्पक्ष कार्यसमिति निर्माण गर्नैपर्दछ । चुनाव गर्ने भए कहाँ गर्ने, कसरी सम्पन्न गर्ने, कस्तो वातावरणमा गर्ने? राजनैतिक संगठनका पक्ष र प्यानलको मात्र जीत भयो भने त्यो कार्यसमितिले भोलीका दिनमा कस्तो अर्थ र महत्व राख्ला? एनआरएनए सबैलाई मिलाएर जान सक्ने क्षमता राख्न सक्छ कि सक्दैन ? मौजुदा कार्यसमितिकै वारेमा पनि छलफल गरेर निकास निकाल्न सकिने हो भने यसवारेमा के सहमति गर्न सकिन्छ ? यो नै अहिलेका लागि एनआरएनए एनसीसी कतारको लागि चुनौति र कहिकतै वैकल्पिक बाटो र उपाय पनि हो ।

(लेखक एनआरएनए एनसीसीमा प्रथम उपाध्यक्षका स्वतन्त्र उमेदवार हुन्)


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस