जयालक्ष्मी राई / एचकेनेपाल डट कम-
अन्तर्राष्ट्रिय नेपाली वाङ्गमय प्रतिष्ठान बेलायतले २६ अगष्ट २०१३ का दिन नेपालबाट आउनु भएका अग्रज साहित्यकार केदारनाथ खनालको स्वागतमा भेटघाट तथा अन्तक्रिया कार्यक्रम आयोजना गर्यो।

उक्त अवसरमा साहित्यकार खनालले नेपाल र विश्वभर छरिएर रहेका नेपाली सर्जकहरुले कस्ता कस्ता साहित्य सिर्जना गर्दारहेछन् भन्ने कुरामा आफ्नो गहिरो अभिरुचि रहेको बताउनु भयो। खनालको अनेवा परिवारसंग संस्थाको गतिविधि र वेलायती नेपाली डायस्पोरा साहित्यको बारेमा छलफल भएको थियो । संस्थाका पदाधिकारीहरु अध्यक्ष विकलचन्द्र आचार्य, उपाध्यक्ष गोपीकृष्ण प्रसाईं र महासचिव जयालक्ष्मी राईले अनेवाको उद्देश्य र कार्यप्रगतिबारे खनाललाई प्रकाश पारेका थिए । मिठो जलपान सहित सम्पन्न उक्त कार्यक्रममा खनालका श्रीमती र परिवारजनका अन्य सदस्यहरुको पनि उपस्थिती थियो । उक्त कार्यक्रम लन्डनस्थित स्टाफोर्डमा सम्पन्न भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस