आई एल थापामगर / एचकेनेपाल डट कम –
ईष्ट्ली । बेलायतमा रहेका नेपाली संघसंस्थाहरु च्यारिटी कमिशनमा दर्ता हुनलाई ठूलै मेहनत गर्नुपर्ने हुन्छ। च्यारिटी कमिशनमा दर्ता भएपछि नेपाल र बेलायतमै पनि विभिन्न च्यारिटीका कामहरु गर्न सकिने भएकोले च्यारिटी कमिशनमा दर्ता गर्नुलाई ठूलै उपलब्धि मानिन्छ । यस्तै केही नेपाली तथा स्थानीय बेलायतीहरु सहयोगमा स्थापित ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसन (ईग्ना) युके पनि केही साताअघि च्यारिटी कमिशनमा दर्ता भएको छ।

ईग्ना युकेले संस्था च्यारिटी कमिशनमा दर्ता भएको खुशियालीमा गत शनिबार आउटडोर पार्टी आयोजना ग¥यो । कार्यक्रममा नेपाली र स्थानीय समुदायको सहभागिता थियो । स्थानीयहरुको बाक्लो उपस्थितिले नेपाली समुदाय संयोजनमा महत्वपुर्ण भुमिका खेल्ने सहभागिहरुले विश्वास लिएका छन्। ईष्ट्ली र यस वरपर बस्ने नेपाली तथा स्थानीयवासीको सक्रियतामा सन् २००८ मा यस संस्थाको स्थापना भएको हो । शनिबार मनाइएको पांचौं बार्षिक भेटघाट कार्यक्रम इष्ट्ली बरो काउन्सीलका मेयर माल्कोल्म क्रस र संस्थाका अध्यक्ष रमन सिंह थापाले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर माल्कोल्मले नेपाली समुदायसंग नजिक रहेर काम गर्न पाउंदा आफू निकै उत्साहित रहेको बताए । उनले नेपालीहरुको लगाव, मेहनत र स्थानीयसंग उनीहरुको मित्रभावले समुदायमा आफ्नोपन दिएको उल्लेख गरे । कार्यक्रममा उपस्थित हुन पाउंदा खुशी छु, मेयरले भने, ‘ईग्नाका आगामी दिनहरु सफल रहुन मेरो शुभकामना छ।’

ईग्ना युकेका अध्यक्ष रमनसिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका ट्रष्टी कमल बहादुर पुर्जाले ईग्ना र यसलाई मायां गर्ने सबैलाई यस पार्टीमा भेट्न पाउंदा आफुलाई धेरै खुशी लागेको बताए । अर्को बर्षपनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै उनले सहभागिहरुलाई धन्यवाद दिए । नेपाल र विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्दा सहयोग गर्ने पवित्र उदेश्यले संस्था जन्मिएको स्मरण गर्दै उनले च्यारीटि कमिसनमा दर्ताभएपछि त्यो अझै फराकिलो भएको दावी गरे । संस्थालाई च्यारिटि कमिसनमा दर्ता गर्नका लागि हरतरहले सहयोग पु¥याउने सबैलाई उनले धन्यवाद दिए । ईग्नामा नेपालीहरुलाई मायां गर्ने स्थानीयको पनि सहभागिता भएकोले समुदायको संयोजनमा यसले सहयोग पु¥याउने उनको विश्वास थियो।

संस्थाका सचिव उमेश रानाले संस्था च्यारीटेवल अर्गनाइजेशनका रुपमा दर्ता भएको खुशीयालीमा कार्यक्रम गर्न पाउंदा खुशी लागेको बताउंदै यस अवसरमा खुशीयाली मनाउन सहभागिलाई आग्रह गरे । यस महत्वपुर्ण अवसरमा सहभागि हुनुभएकोमा म यहांहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, रानाले भने, हाम्रो लागि आजको दिन सबैभन्दा महत्वपुर्ण दिन हो । तपाईहरु सबैको ठुलो सहयोग र साथले आज हामी यो अवस्थामा आइपुगेका छौं । च्यारीटिमा दर्ता गर्नु शुरुवात मात्रै भएको बताउंदै उनले अझै धेरै गर्न बांकी रहेको बताए।

कार्यक्रममा नेपाल तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो । सहसचिव रेनुका आलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागिहरु बिक्यिु पार्टीमा मस्त थिए । खुल्ला चौरमा गरीएको पार्टीमा मौषमको पनि पर्वाह नगरी उनीहरु खुलेरै पार्टीमा जमे । सो अवसरमा संस्थालाई मायां गर्ने स्थानीय, संस्थाका सदस्य तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान गरीएको थियो । एउटा नमुना समाजको रुपमा स्थापित यस समाजले आयोजना गरेको कार्यक्रममा नेपालीहरुकै हाराहारीमा स्थानीय समुदायको उपस्थिति रह्यो।

कार्यक्रमको अन्त्यमा सहभागिहरुलाई विशेष धन्यबाद दिंदै अध्यक्ष थापाले समाज पांच बर्षको दौरानमा निकै अगाडी बढेको औल्याए । उनले च्यारीटि कमिसनमा दर्ता गर्न सहयोग पु¥याउने ट्रष्टिज, कार्यसमितिकिा सदस्यहरु, तथा यसका शुभेच्छुकहरुलाई विशेष धन्यवाद दिएका थिए । च्यारीटि कमिसनमा दर्ता भएको उपलक्ष्यमा यस कार्यक्रम आयोजना गरीएको प्रष्ट्याउंदै आगामी दिनमा अझै बृहत्तर रुपमा सामाजिक कार्यगर्न संस्था सक्षम हुने विश्वास लिए । हामी अझै उत्साहित भएका छौं, अध्यक्ष्ँ थापाले भने, ‘नेपाल र नेपालीको हितमा लागि काम गर्ने जांगर बढेको छ।’

यस समाजले बेलायतका अन्य समाज भन्दा केहि पृथक काम पनि गरेको छ । स्थानीय फार्म हाउसका मालिकसंगको सहकार्यमा समाजका सदस्यहरुले तरकारी खेती लगाएका छन । जसबाट उत्पादन भएको तरकारी समाजमा खपत हुने ट्रष्टी कमल पुर्जाले बताए । विशेष गरी उनीहरुले गोलभेंडा, सिमी, फर्सी र मकै लगाएका छन । समाजलाई फार्म हाउसका मालिकले खेतीका लागि दिएका हुन, हामीले यसवापत केहि तिर्नुपर्दैन, पुर्जाले भने, यसबाट भएका उत्पादनहरु हामी समाज खपत गर्छौ । करीब दुई दर्जनबढि मात्र नेपालीहरु इष्ट्ली क्षेत्रमा बसोवास गर्छन । यो सानो नेपाली समाज स्थानीयसंग निकै घुलमिल भएर बसेको छ । कार्यक्रमको अन्त्यपछि मेयरले आफ्नी धर्मपत्नि सहित नेपालीहरुले लगाएको तरकारी खेतीको अवलोकन गरेका थिए । स्थानीय क्षेत्रमा नेपालीहरुको बसोबास धेरै नभएकोले खेतीका लागि धेरै जग्गा भएपनि गर्न नसकिएको कमलले बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस