सुरज गुरुङ / एचकेनेपाल डट कम-
दक्षिण कोरियामा २००८ मा स्थापना भएको त्रिनिटी व्याण्डले बिभिन्न समयमा आफ्नो प्रस्तुतिहरु दिइसकेको छ। छोटो समयमा नै चर्चित त्रिनिटी व्याण्डले आगामीे महान चाड छुसकमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएको छ।

सेप्टेम्बर १८ र १९ तारिख बेलुका ८ बजेदेखि सुरु हुने कार्यक्रम सउल जाङनो पोतला रेष्टुरेण्टमा हुन गैरहेको छ। बेस गिटारिस्ट प्रेम गुरुङका अनुसार व्याण्ड म्यानेजर अरुण गुरुङ, ड्रम र भोकल देब सुब्बा, रिदम गिटारमा फुर्पा छिरिङ लामा, लिड गिटार र किबोर्डमा आशिष गुरुङ, लिड गिटारमा ज्ञानदीप गुरुङ र साउन्ड म्यानेजरमा सुनिल गुरुङ रहेका छन्। प्रवासी भूमिको व्यस्त समयमा पनि व्याण्डको स्थापना गरि संगीत प्रतिको माया र मेहनत गरिरहेका व्याण्डका सदस्यहरुले सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन हार्दिक आग्रह गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस