एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २८ अगस्त। इन्क्लुसिभ नेप्लिज सोसाइटी–इन्स (समावेशी नेपाली समाज) हङकङको गठन भएको छ। कंगन रेष्टुरेण्टमा आइतवार आयोजित घोषणासभामा हेजेन राईको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समितिसमेत घोषणा गरिएको थियो।


घोषणसभामा उपस्थित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु । तस्बिरः जगतअम्बु गुरुङ / एचकेनपाल डट कम

इन्द्र वनेम सदस्य सचिव र मायादेवी राई कोषाध्यक्ष रहेको तदर्थ समितिमा योगेन्द्र गुरुङ, मणि लिम्बू, माया राई, सन्तोष राई, सुमन थापामगर, पेन्गुइन राई, चन्द्र लिम्बू, गोपाल लुङ्गेलीमगर, भवेश तामाङ र सुरज शाक्य रहेका छन्। संयोजक राईले संस्था सङ्घीय समाजवादी पार्टी नेपालको भातृसंस्थाको रुपमा रहने जानकारी गराएका थिए। घोषणसभामा उक्त पार्टीको स्थानीय एकाइ हङकङ विशेष प्रदेश समितिका अध्यक्ष ओमराज सम्बाहाम्फे, उपाध्यक्षद्वय रामली राई र नरेश सुनुवार र किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङलाई आतिथ्य प्रदान गरिएको थियो।

उक्त अवसरमा सार्वजनिक गरिएको घोषणापत्रमा नेपाली पहिचानलाई अक्षुण्ण राख्दै स्थानीय भाषा, संस्कार, संस्कृतिलाई आत्मसात गर्दै मूलधारको समाजमा समाहित हुने उल्लेख गरिएको छ । त्यसैगरि नेपालको राज्यसत्ताले अख्तियार गरेको एकल जाति, एकल भाषा, एकल धर्म, एकल संस्कृतिको नीतिका कारण हङकङमा स्थापित खस–आर्य जाति, खस भाषा, हिन्दू धर्म–संस्कृति नै नेपाली पहिचान हो भन्ने मान्यतालाई तोडी यहाँ अवस्थित सबै नेपाली जाति, भाषा, धर्म, संस्कृतिलाई नेपाली पहिचानको रुपमा स्थापित गर्ने कुरालाई जोड दिइएको छ। सदस्यसचिव इन्द्र वमेमद्वारा सञ्चालित कार्यक्रमको अन्तमा अध्यक्ष सम्बाहाम्फेले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

– See More at: PHOTO Gallery


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस