तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
कतार, २७ अगष्ट। नेपाली श्रम तथा कतारमा उपलब्ध भएको नेपाली कामदारहरुका वैदेशिक रोजगारीको विषयमा गत २७ देखि ३० जुनसम्म नेपाल सरकार र कतार सरकारका उच्च स्तरीय प्राविधिक समितिको वैठक कतारमा बसी सो वैठकमा दुवैपक्षबाट सहमति भएका १५ बुँदा कार्यान्वयनमा आउन शुरु भईसकेको कतारस्थित राजदूत डा.मायाकुमारी शर्माले जानकारी दिएकी छन्।

२००५ मा नेपाल र कतारविच श्रम सम्झौता भएपछि ८ वर्षसम्म कुनै किसिमको वैठक नवसिरहेको अवस्थामा नेपाली राजदूतावासको पहल र सक्रियतामा दुवैदेशका उच्च सरकारी प्रतिनिधीहरुको नेतृत्वमा उच्च स्तरिय प्राविधिक समितिको वैठक बसी नेपाली कामदारहरुको वृहत् हितलाई प्राथमिकताका साथ उठाउदै सो उच्चस्तरिय वैठकले निर्णय गरेको १५ बुदाँको सहमतिपत्रमा दुवैपक्षबाट हस्ताक्षर भएको छ।

दुई देशका श्रममन्त्रालयका विच उच्चस्तरिय वैठक राख्ने विषयमा राजदूत डा. शर्माले कतारका श्रममन्त्री लगायत उच्चस्तरिय भेटघाट गरेका थिए भने नेपाल सरकारको श्रम मन्त्रालय, श्रम विभाग, वैदेशिक रोजगार विभाग लगायतका उच्चपदस्थ प्रतिनिधीहरुको भ्रमणका लागि समेत राजदूत स्वयम् र राजदुतावासले अनुकूल वातावरण मिलाएको थियो।

नेपाली कामदारहरुको माग निरन्तर बढिरहेको भएपनि धेरै लामो समयसम्म दुईदेशका श्रम मन्त्रालयका विच भेटघाट र वैठकहरु नबसेको हुनाले नेपाली कामदारहरुको सुरक्षित आप्रवास र व्यवस्थित रोजगारीका लागि नेपाल सरकार र कतार सरकारले सहज र सरल उपायहरुको खोजी गर्दै जानुपर्ने आवश्यकता खड्किरहेको वेला नेपाली कामदारहरुका हितका लागि खासखास गर्नु र गरिनुपर्ने महत्वपूर्ण कतिपय कानुनी, प्राविधिक कुराहरु कार्यान्वयन गर्दै चुस्त वातावरण श्रृजना गर्न यो उच्च समितिको वैठकले सहज र सरल बनाएको कुरा राजदूत डा. शर्माले बताउदै नेपाल सरकारका तर्फबाट सहभागी प्रतिनिधीहरुले नेपाली कामदारहरुका विविध विषयमा राखेका अनुरोधलाई कतार सरकारका तर्फबाट सहभागी प्रतिनिधिहरुहरुले अधिकतम प्राथमिकता दिएको खासगरी नेपाली कामदारहरु र उनीहरुको समस्या निदान र सहयोगका लागि उच्च प्राथमिकताका साथ सम्बोधन गरिएको १५ बुँदाको सहमति पत्रमा रहेको सहमतिहरु क्रमशः कार्यान्वयन गर्न कतार सरकारका तर्फबाट पहल भइसकेको जानकारी दिए।

नेपाली कामदारहरुको सुरक्षा र समुन्नत हितको लागि कतार सरकारबाट काम भईरहेको छ। नेपालबाट कामदारहरु सरल र छरितो किसिमले आउने कामको थालनी भइसकेको छ। घरेलु कामदारका विषयमा आधिकारिक माध्यमबाट वैदेशिक रोजगारीको व्यवस्था गर्नेवारेमा समन्वय भइरहेको छ जुन घरेलु कामदारहरुको सुरक्षा र वृहत्तर हितका लागि हो । नेपाल सरकार र कतार सरकारको सहमति अनुसार रोजगारदाता कम्पनीले प्रमाणीकरणको लागि राजदुतावासमा पेश गर्ने रोजगारदाता र कामदार विचको सम्झौता पत्र (इम्प्लोइमेन्ट कन्ट्रयाक) र मागपत्र (डिमाण्ड लेटर) मा उल्लेख गरिएको तलवसुविधा अनिवार्यरुपमा कम्पनीले दिनुपर्नेछ र सोही अनुसारको कागजातहरु मात्र राजदुतावासले प्रमाणित गरिरहेको छ।

दुई मुलुकका विच भएको सहमतिहरु जोडतोडका साथ कार्यान्वयन गर्न एकतर्फबाट मात्र नभएर नेपाल सरकारको तर्फबाट उत्तिकै तत्परताका साथ लागिपर्नु पर्ने र यसो भयो भने १५ बुँदाको सहमतिपत्रमा समेटिएको सहमतिहरुले नेपाली कामदारहरुको सुरक्षित र व्यवस्थित रोजगारीमा थप सहयोग पुग्ने, श्रमबजारको अभिवृद्धी हुने तथा राजदुतावासलाई नेपाली कामदारहरुको भैपरि आउने समस्या समाधान गर्न सहज हुनेछ राजदूत डा. शर्माको भनाई थियो। सहमतिमा समेटिएको कतारको श्रम मन्त्रालयको नियमानुसार कतार आएको ३ महिनाभित्र कम्पनीले कामदारहरुको आइडी बनाइसक्नु पर्ने प्रावधान अनुरुप आईडी कार्डको अविवार्यतालाई कडाईका साथ लागु गरिसकेको छ भने कुनैपनि कम्पनीले अवैधानिक कामदारहरु राखेको पाइएमा सो कम्पनीलाई कतार सरकारले कालोसूचीमा राख्ने कार्यको कार्यान्वयन गर्न शुरु गरिसकेको छ । कामदारहरुका लागि हेल्थकार्ड अनिवार्य गराउने तर्फ कतार सरकारको पहल भइसकेको छ भने कामदारको समस्यालाई सरल तरिकाले जानकारी दिन श्रम विभाग र श्रम अदालतमा श्रम विभाग र अदालतले दोभाषेको व्यवस्था गर्न पहल गरीसकेको छ।

अदालतबाट मुद्धाको फैसला जतिसक्दो सिघ्र हुनुपर्ने, फैसला नभइन्ज्याल कामदारलाई काम गर्ने अनुमति दिने र अदालतले अडिटर शुल्क लिने गरेकोमा सो शुल्क मिनाहा गर्नु पर्ने अथवा स्पोन्सरले सो रकम जम्मा गर्नु पर्ने विषयमा कतारको श्रम विभागले श्रम अदालतसंग यस विषयमा बुझ्न पहल गरीसकेको छ। सहमतिपत्रमा उल्लेख भएअनुसार कामदारहरुको तलवसुविधा कामदारहरुकै नाममा वैंकमा खाता खोली सोही खातामा जम्मा गर्ने प्रावधान अनुरुप सोको कार्यान्वयनको लागि कतारमा रहेका कम्पनीहरुले प्रक्रिया अघि बढाइसकेको अवस्था छ र कतार सरकारका श्रम निरिक्षकहरुले हरेक महिना कम्पनीमा गएर तलव विवरणको जाँचबुझ गर्ने काम शुरु भईसकेको छ। अबधि पुगेरपनि कम्पनीले नेपाल नपठाइएकाहरुलाई अनुगमन विभाग (सर्च एण्ड फलोअप) मार्फत नेपाल पठाउने विषयमा सरल प्रक्रियाबाट नेपाल पठाउने कार्यमा राजदूतावासलाई अधिकतम सहयोग भईरहेको छ।

कतारको श्रममन्त्रालयले नेपाली कामदारहरुको तथ्यांक नेपाली राजदूतावासलाई नियमितरुपमा उपलब्ध गराउनेछ जसले गर्दा नेपालीहरुको संख्या र विवरण यकिन गर्न सहज हुनेछ। राजदूत डा. शर्माले कतारको सरकारले तालिमप्राप्त नेपाली कामदारहरुको माग बढाउने लक्ष्य लिएको हुनाले दक्ष नेपाली कामदारहरुको कोटा वृद्धि हुने र यसका लागि कतार सरकारले चाहना गरे अनुसार नेपाल सरकारले सहज, सरल र छिटो छरितो किसिमले कामदारहरु पठाउने कुरामा ध्यान दिनुपर्ने बताउदै सहमति भएअनुसार सहमति कार्यान्वयन पक्षमा हाम्रो श्रम मन्त्रालय, श्रम विभाग, रोजगारमा पठाउने एजेन्सीहरु लगायतका निकायहरुले तदारुकताका साथ समन्वय गरे नेपाली श्रमिकहरुलाई उनीहरुको सुरक्षित र व्यवस्थित रोजीरोटीका लागि महत्वपुर्ण सहयोग पुग्ने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस