गोवर्धन पूजा/ एचकेनेपाल डट कम-
बोस्टन अमेरिका। २६ अगस्त। नीलो सामुद्रिक टापु अनि हरियो घासे मैदान / आकाशमा नाचिरहेका चंगाहरू अनि पानीमा दौडिरहेका जहाजको समूह / झुण्डझुण्ड मानिसका बीच दुईदर्जन नेपाली साहित्यिक मनहरू / यस्तै थियो आइतबार अपराह्न अमेरिकाको बोस्टन सहरको क्यासल टापुको एक दृश्य। सफा मौसमका कारण हजारौ पर्यटकको उपस्थिति रहेको उक्त टापुको एक भागमा नेपाली कविहरूले कविता बाचन गरे।
तस्वीर: सुरेश वाग्ले
पांच महिना अघिदेखि सुरुभएको “सिर्जना उत्सव”को पाचौ मासिक शृंखलालाई यसपटक बनभोजका रुपमा मनाइएको थियो। युवा साहित्यकार गौरव थपलियाको कविता वाचनबाट शुरु भएको कार्यक्रममा साहित्यकार हरि थापाले गज़ल वाचन गरेर माहौललाई रोमान्चक बनाए। दिनेश राजभण्डारी, अनु शाह, गोवर्धन पूजा, दीपा राई पुन, ममता कर्माचार्यले नया सिर्जना सुनाएर कार्यक्रमको उपादेहितालाई उचाई दिए।
गज़लकार सुरेश वाग्ले र रोशनी खनालले प्रणय – प्रेमका गज़ल सुनाए भने कृष्ण पाण्डे, मधुकर अधिकारी, आँशुलक्ष्मी राजभण्डारी, ज्ञानप्रकाश शर्मा, भैरवी थापा, ललिता शर्मा, मंजु पाण्डे लगायतले सिर्जना वाचनका साथै कार्यक्रमका बारेका मन्तव्य व्यक्त गरे। कार्यक्रमका सभापति एवं पशुपतिनाथ बुद्ध फाउन्डेशनका अध्यक्ष विष्णुमणि आचार्यले सिर्जना उत्सवले बोस्टनमा साहित्यिक लहर ल्याएको बताउदै फाउन्डेशनको योजनामा निर्माण हुन लागेको सामुदायिक भवनमा नेपाली भाषा र साहित्यिक सेविलाई विशेष स्वागत गरिने बताए। कार्यक्रममा दीपा राईले सिर्जना उत्सवले देश बिदेशमा चर्चा परिचर्चा पाएको बताउदै आगामी दिनमा अझ व्यापक रुपले अघि बढ्ने बताइन्। तस्वीर: सुरेश वाग्ले
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b