जय आले/ एचकेनेपाल डट कम-
कुवेत। कुवेत सिटीको मालियास्थित चौतारी नेपाली रेष्टुरेण्टमा अगष्ट २२ तारिख बेलुकी साफ च्याम्पियनशिप तयारीको लागि प्रशिक्षणको क्रममा १ हप्तादेखि कुवेतमा रहेका नेपाली राष्ट्रिय फुटवल टिमलाई माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले रात्रि भोजको आयोजना गरेको छ।

राती नौ बजे अभ्यास खेल मैदानबाट सिधै भोजस्थल चौतारी रेष्टुरेण्टमा पुगेका सम्पूर्ण खेलाडीहरु, खेल पदाधिकारीहरु, कोचहरु, क्लब परिवारलगायत पत्रकारहरु सुजन केसी, तोयानाथ दाहाल र अर्जुन बस्नेत भोजमा सरिक रहनु भएको थियो। भोज पश्चात क्लबले परिचयात्मक कार्यक्रमको साथै खेलाडीहरुका बीच उनीहरुको विचार सुन्ने र उनीहरुको खेलयात्रालाई शुभकामना दिने कार्यक्रमको पनि आयोजना गरिएको थियो।

क्लवका सचिव जितेन थिङले सञ्चालन गरेको कार्यक्रमलाई क्लव अध्यक्ष जय आलेले अध्यक्षता गरेका थिए भने राष्ट्रिय टिमका टिम क्याप्टेन, खेल पदाधिकारीहरु, कोचहरु, क्लवका सल्लाहाकार तथा एनआरएन कुवेतका आईसीसी कोर्डिनेटर राजन कुँवर, क्लवका संरक्षक तथा पूर्वाध्यक्ष धर्मराज गिरी, क्लवका पूर्व सह-सचिव तथा तनहुँ संपर्क समाज कुवेतका अध्यक्ष यादव श्रेष्ठ, क्लवका सल्लाहाकार तथा तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, पत्रकारहरु सुजन केसी, तोयानाथ दाहाल, अल-अमाना सेक्युरिटी कम्पनीका अप्रेशन म्यानेजर होमनाथ गिरी (खेल कविता) लगायत क्लबका सवैजसो पदाधिकारीहरुले आफ्नो विचारहरु सो अवसरमा राखेका थिए। आफ्नो राष्ट्रिय टिमलाई स्वागत गर्नेदेखि हर समय खेलाडीहरुको साथमा रहेको क्लवले खेलाडीहरुलाई मायाको चिनो समेत प्रदान गरेको छ।

कार्यक्रम समापन पश्चात एन्फाका उपाध्यक्ष तथा राष्ट्रिय टिमका टिम म्यानेजर ललित मान श्रेष्ठ समक्ष क्लब अध्यक्ष जय आलेले कुवेतमा लामो समयदेखि कृयाशिल रहेको नेपालीहरुको साझा संस्था माउण्ट एभरेष्ट क्लबले समेत कुवेतमा करिब ५/५ हजार दिनार बराबरको बजेटमा २/२ वटा प्रबासी सार्क स्तरिय E-SAF-C खेलको आयोजना गरिसकेको र कुवेतमा १ दर्जन भन्दा बढी नेपाली फुटबल तथा भलिवल टिमहरु रहेको र २ सार्क स्तरीय प्रबासी नेपाली फुटवल टिमहरु क्लवले निर्माण गरिसकेको जानकारी गराउँदै क्लवलाई एन्फाबाट हुनसक्ने सम्बोधन, सहयोग र लिन सक्ने एन्फा सदस्यताको बारेमा अनुरोध गर्दा एनफा उपाध्यक्षले उत्साहपूर्वक क्लबको मागलाई सम्बोधन गर्ने बचन दिदै भोलिकै अभ्यास म्याचमा समेत क्लबका केही राम्रा खेलाडीहरुलाई मिसाएर खेलाउन सकिने र खेलाडी राम्रो रहेको खण्डमा नेपालमा बोलाएर खेल्ने अवसर दिन सकिने र भविष्यमा E-SAF-C जस्तो टुर्नामेण्टहरुमा क्लबले बोलाएको खण्डमा अभ्यास खेल खेल्नलगायत क्लवलाई सहयोग गर्न राष्ट्रिय टिमलाई कुवेत पठाउन सकिने पनि उहाँले बताउनु भयो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस