एचकेनेपाल डट कम संवाददाता-
दार्चुला, ४ चैत । दार्चुलाको सदरमुकाम खलङगा गाविसको वडा नम्बर ४ तितरसैनमा शनिवार साँझ बालुवाको ढिस्कोमा पुरिएर ३ जना बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा सेरी गाबिस वडा नं ७ की ६ बर्षीया ऐनी कोट्यारी, सुनसेरा गाविसकी अमृता धामी र खरकडा गाविस ३ की ढाई वर्षीया मञ्जु ओझा रहेका छन्।
स्थानीयबासीले बालुवा झिक्ने ठाउंमा खेलिरहंदा बालुवाको ढिस्को खसेर पुरेको प्रहरीले जनाएको छ। मृतक बालिकाहरूको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
