एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २४ अगष्ट। गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङको ब्यानरमा अगष्ट २५ तारिख आइतवार काउलुन पार्क पियाजामा आयोजना गरिने भनिएको दार्चुला बाढीपीडित सहयोगार्थ राहत-२ कार्यक्रम रद्द भएको छ।

दर्शकले काटेको टिकट शुल्क कार्यक्रम नहेरीकन भएपनि दान गर्नु पर्ने भएको छ। तर, यो कार्यक्रम अधिकारिक रुपमा एनआरएन हङकङले आयोजना गरेको नभई त्यसका केही पदाधिकारीहरुलाई अनियमितता गरेको आरोप लगाउंदै आएको मीनबहादुर गुरुङको समूहले गरेको थियो। विशेष चौथो अधिवेशन तयारी समिति संयोजक ले.क. मीनबहादुर गुरुङको नाममा जारी प्रेस विज्ञप्तिमा कार्यक्रम रद्द हुनुको दोष भने हङकङ नेपाली महासंघलाई दिएर आफ्नो समूह पानीमाथिको ओभानो बनेको छ। हङकङ नेपाली महासंघले स्थान उपलव्ध गराउने समझदारी अन्तिम अवस्थामा तोडेको कारण कार्यक्रम रद्द गर्नु परेको आरोप विज्ञप्तिमा उल्लेख छ। अनाधिकृत तथा गैरकानुनीढंगले एनआरएनकै लोगो प्रयोग गरी जारी गरेको प्रेस विज्ञप्तिमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै सो रकम दुईहप्ताभित्र हस्तान्तरण गरिने बताएको छ। एनआरएन वर्तमान कार्यसमितिले भने यसअघि नै दार्चुला बाढीपीडित सहयोगार्थ च्यारिटी डिनर पार्टीको आयोजना गरिसकेको छ भने संकलित रकम छिट्टै नेपाल पठाइने जनाइएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस