तिलविक्रम थेवे / एचकेनेपाल डट कम-
दोहा कतारमा १५ वर्षदेखि कार्यरत लेखनाथ नगरपालिका ११ पोखराका दिलबहादुर खड्काले आगामी एनआरएननए एनसीसी कतारको पाँचौ महाधिवेशनमा खुलाबाट केन्द्रिय समितिको सदस्यको लागि उमेदवारी दिएकाछन्।
आफू एनआरएनए एनसीसीमा रचनात्मक र अहम् भूमिका निर्वाह गर्न तथा एनआरएनए एनसीसी मार्फत कतारमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुकाबीच सहकार्य र समन्वयात्मक सहयोगको विकास गर्दै नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई भैपरी आएका समस्याहरुको समाधान तथा पीडितको उद्धारका निमित्त सदा झैं निरन्तर लागिपर्ने उद्धेश्यले जान चाहेको बताउदै आफू पीडित नेपाली कामदारहरुको सहयोगी रहेकोले आफूलाई एनसीसी सदस्यमा पठाउन सबै पार्षद मित्रहरुलाई हार्दिक अनुरोध गरेकाछन्।
मन्जुर आलम, दिपकुमार नेपाली र दिलबहादुर खड्का
पीडितहरुका सहयोगी दिलबहादुरले आफ्नो डयूटीपनि इमान्दारीताका काम पूरा गर्दै वाँकी समयमा विभिन्न समस्याले पीडित नेपालीहरुको सहयोग र उद्धार आफू कतारमा आएकै वर्षदेखि गर्दै आएकाछन्। उनले विभिन्न मुद्धामा अल्झेका नेपालीहरु, विमारी नेपालीहरु, कम्पनीले काम तलव नदिएर अनेक समस्यामा पारेका नेपालीहरु, विभिन्न दुर्घटनामा परेका नेपालीहरुलाई विभिन्न समयमा उद्धार र सहयोग गर्दै आएकाछन्।
उनी आफै पीडितलाई लिएर निरन्तर नेपाली राजदूतावास, श्रमविभाग र अदालतसम्म पुग्ने गरेकाछन्। उनले वकालतका क्षेत्रका जानकार व्यक्तिहरुसंग सहयोग लिएर गम्भीर प्रवृतिका मुद्धाहरु समेत छिनोफानो गरेर धेरै नेपालीहरुको समेत उद्धार गरी सकुशल नेपाल फर्काएका छन्।
यसैगरी केन्द्रिय समितिका सदस्यका लागि उमेदवारी दिएका पाल्पा दर्छा गाविस ७ का मन्जुर आलम मिँयाले कतारमा कार्यरत रहदा पनि आफू सामाजिक क्षेत्रमा लागिराखेको बताउदै आफूलाई सामाजिक कार्यकर्ताको रुपमा केन्द्रिय सदस्यमा निर्वाचित गराउन सबै पार्षद मित्रहरुलाई हार्दिक अनुरोध गरेकाछन्। मञ्जुर आलम आवद्ध कतार इस्लामिक युवा समाजको सक्रियता र सहयोगमा पाल्पा दर्छामा ४० जनालाई खानबस्न सुविधासहित मदरसा नुरहुदा निमावि संचालन भईरहेकोे छ।
अर्का दलित कोटाबाट उमेदवारी दिएका कपिलबस्तु वाणगंगाका दिपकुमार नेपालीले विभिन्न संस्थामा आवद्ध रहेर संस्थागत भूमिका निर्वाह गर्दै आएकाछन्। प्रवासी नेपाली दलित एकता संगठनको संस्थापक उपाध्यक्ष रही सकेका दिपकुमार नेपाली दलित प्रवासी नेपालीहरुको शसक्तिकरणको, समन्यात्मक भूमिका, एकापसको भाइचाराको सम्बन्ध विस्तारका लागि एनआरएनएमार्फत काम गरेर देखाउने बताउदै दलित साथीहरुले आफूलाई सो कोटामा पठाउन हार्दिक अनुरोध गरेकाछन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b