एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभाग र वैदेशिक रोजगार प्रवर्द्धन विभागका ३५ जना कर्मचारीलाई पक्राउ गरेको छ।

भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियारले उनीहरुलाई शुक्रवार छापा मारी पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा विमानस्थलका १८ र वैदेशिक रोजगार विभागका १७ जना छन्। पक्राउ पर्नेमा अध्यागमन विभागका शाखा अधिकृत भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर बिक, रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई छन् भने वैदेशिक रोजगार विभागका शाखा अधिकृत निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्ति प्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवरलगायत छन्। यसअघि, अख्तियारले सेवाग्राहीसँग घूस लिएको भिडियो प्रमाणसहित अध्यागमन विभागका अधिकृत सूर्यप्रसाद दाहाल र देवर्षी सापकोटा, नासु प्रदीपप्रसाद लामिछाने र विश्वराज खरेल र कार्यालय सहायक जयनारायण नापितलाई पक्रेको थियो।
घुस लिएको यही भिडियोले पारे अख्तियारको फन्दामा


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस