व्यापारसंगै समाज सेवामा बराह
पत्रकार महासंघको भवन निमार्ण गर्न १० लाख

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ५ भदौ। धरान ५ स्थित रहेको इन्द्र बराह इण्डिष्ट्रिज प्रा.लि.ले १८ पूरा गरी १९ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

व्यापारिक प्रतिष्ठानलाई नाफामुखी मात्र हैन सामाजिक कार्यमा समेत अग्रसर बनाउदै लगेको बराहले आफ्नो बार्षिकोत्सव धरान १५ स्थित सदन सभा हलमा सम्पन्न गरेको हो। वर्षिकोत्सवको उद्घाटन क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारी र श्री अनन्त श्री विभुषित बालसन्त मोहन सरण देवाचार्यले संयुक्त रुपमा गर्नुभएको हो।

बराहको १९ औं बार्षिकोत्सव पारेर बराहले आफ्ना ग्राहकहरुलाई प्रशंसा स्वरुप विभिन्न उपहार समेत प्रदान गरेको थियो । सो अवसरमा बराहलाई यहासम्म ल्याई पु¥याउन सहयोग पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो। बार्षिकोत्सवकै अवसर पारेर बराहले प्रा.लिका परिकल्पनाकार एवम् संस्थापक इन्द्र लामिछानेको स्मृतिमा धरान ८ शनि मन्दिरमा १० लाखको लागतमा इन्द्रे्रश्वर महादेवको मूर्ति समेत स्थापना गरी आजै प्रमुख अतिथिद्वय क्षेत्रीय प्रशासक र बालसन्तले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। यस्तै आफ्ना ग्राहकहरुको सहुलियतका लागि काम गर्दै आएको बराहले बार्षिकोत्वसको अवसर पारेर धरान काठमाडौ चल्ने एसी, वाइफाई जडान भएको सुविधा सम्पन्न बसको समेत शुभारम्भ गरेको छ। यस्तै बराहले सुनसरी पत्रकार महासंघको भवन नहुदा सञ्चारकर्मीहरुले भोग्नु परेको पीडालाई ध्यानमा राख्दै महासंघका सभापति केशव घिमिरेलाई १० लाख रुपैया भवन निमाणार्थ सहयोग गरेको छ। धार्मिक एवम् सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बराहले यस भन्दा अगाडि पनि भेडेटारको पाथीभरा मन्दिरमा र सुनसरीको बराहक्षेत्र मन्दिरमा स्वागतद्वार निर्माण गरिदिएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस