विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया, २ भाद्र। अमेरिकाको बाल्टिमोरमा कबि, गीतकार तथा साहित्यकार बसन्त चौधरीको मेघा ईबुक (मेघा बिधुतिय पुस्तक)तथा पाँचौ गीत एल्बम लव फर एभर (माया सदाको लागि) व्हाइट हिमाल टेलिभिजन तथा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका) को संयुक्त आयोजना तथा प्रेमी कला केन्द्रको प्रस्तुतिमा विश्व काब्य यात्रा कार्यक्रम सम्पन्न भएको छ।

मेघा ई बुक (मेघा बिधुतिय पुस्तक)को बिमोचन अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि )लोकार्पण नेपालकी वरिष्ठ गायिका मिरा राणाले गर्नु भयो। कबि बसन्त चौधरीको परिचय श्रब्य दृश्य (भिडियो )बाट गराईएको थियो भने पाँचौ गीत एल्बम लव फर एभरबाट दुई वटा गीत भारतीय गायिका श्रेया घोषालले गाउनु भएको श्रब्य दृश्यसहित तिमी आयौ वहार आयो र तिमी बाहेक मेरो भन्नु को छ गीत बजाईएको थियो र उपस्थित श्रोताहरुले ध्यान मग्न भै श्रवण गरेका थिए।

कबि बसन्त चौधरीले करिब सात वटा कविता वाचन गर्नु भएको थियो भने कविताहरु देश प्रेम,माया,प्रेम जीवनको चित्रण,काब्य यात्रामा अमेरिका आउनु भन्दा अगाडि अमेरिकाको लागि लेखिएको कविता तथा बाल्टिमोरले गरेको आतिथ्यप्रति थोपा थोपा कविता बाचन गर्नु भएको थियो। प्रमुख अतिथि राजदूत डा शंकरप्रसाद शर्माले कबि बसन्त चौधरीलाई बधाई तथा शुभकामना दिनु हुदै गीतहरु मन छुने आफूलाई लागेको बसन्त चौधरी बहु आयामिक व्यक्तित्व भएको उल्लेख गर्दै दूताबासको तर्फबाट बधाई दिनु भएको थियो। यसै गरि आयोजक व्हाइट हिमाल टेलिभिजनका ​अध्यक्ष शान खड्काले कबि बसन्त चौधरीका गीतहरु देश प्रेम र राष्ट्रियताको झझल्को आउने प्रकारको लागेको र आफूले जहिले पनि सहयोग गर्न तैयार रहको प्रतिबद्धता जाहेर गर्नु भएको थियो।

कार्यक्रममा बसन्त चौधरीलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने बसन्त चौधरीले पनि कार्यक्रममा हौसला प्रदान गरेकोमा आयोजकलाई नेपालबाट ल्याएको उपहार प्रदान गर्नु भएको थियो। कबि चौधरीले मन्तब्य राख्दै कविता सुन्नु हुने सबैलाई आभार प्रकट गर्दै कविता वचन गर्दा हर्ष लागेको उल्लेख गर्दै कविताको माध्यमबाट छुट्टै संसार रच्न चाहन्छु भन्नु भयो। फरक प्रकारमा पस्किएको कार्यक्रम आयोजकहरुका तर्फ बानाका अध्यक्ष विजय श्रेष्ठले शुभकामना दिनु भएको थियो भने आसन ग्रहण गर्नु हुने बिशेष अतिथिहरुलाई प्रेमी कला केन्द्रका सचिब लोकनाथ तिवारीले खादाले स्वागत गर्नु भएको थियो।

नायक सरोज खनालले कबि बसन्त चौधरीका कवितालाई अभिनयको माध्यमबाट प्रस्तुति गर्नु भएको थियो। कार्यक्रमका सभापति लोक गायक प्रेम राजा महतले हर्ष व्यक्त गरेको र यस्तो मौका दिनु भएकोमा आभार प्रकट गर्नु भएको थियो। प्रेम राजा महतले कबि चौधरीलाई समर्पित गर्दै रोई रहेको होला एउटा नेपाली भन्ने गीत गाउनु भयो। सबै भन्दा लामो दूरदर्शन (टेलीभिजन बहस कार्यक्रम) गरि बिश्व कीर्तिमान कायम गर्ने संचारकर्मी रबि लामिछानेलाई प्रशंसा प्रमाण पत्र बसन्त चौधरीले प्रदान गर्नु भएको थियो। बिश्व काब्य यात्राको मुख्य उद्धेश्य नेपाली भाषा,साहित्य र संस्कृतिलाई आगामी पिढीहरुसम्म पुर्याउन मदत हुन् सक्ने छ भन्ने रहेको छ भने चौधरीले दुई सय भन्दा ज्यादा कविता तथा पांच दर्जन भन्दा ज्यादा गीत लेखि सक्नु भएको छ।

धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन विश्व काब्य यात्रा कार्यक्रमका सभापति तथा म्यारील्याण्ड तथा पेनसेलभानियाका लागि नेपाल सरकारको तर्फबाट नियुक्ति हुनु भएका अबैतनिक महाबाणिज्यदूत प्रेम राजा महतले गर्नु भएको थियो भने कार्यक्रम संचालन राजेन्द्र शैलबले गर्नु भएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस