एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ भदौ। नागरिक उड्डयन प्राधिकरणले अबदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजहरुलाई प्रतिबन्ध लगाउने भएको छ।

धावनमार्गमा बारम्बार समस्या देखा परेपछि प्राधिकारणले सबै विमान कम्पनीहरुलाई ठूला जहाजहरु नल्याउन पत्राचार गरेको छ। धावनमार्गलाई डिसी १० आकार (१ सय ९६ टन क्षमता) को जहाज आउन मिल्ने गरी निर्माण गरिएको हो। तर, अहिले डिसी ८ (२ सय ९९ टन), बोइङ ७७७, एयरबस ३३०/३४० जस्ता ठूला जहाज अवतरण भइरहेका छन्। क्षमताभन्दा बढी भार भएका जहाज आएकाले धावनमार्गमा बारम्बार समस्या देखिएको प्राधिकरणले जनाएको छ।

अब देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ५० सिट क्षमताभन्दा बढीका जहाज आउन पाउने छैनन्। थाई, कतार र कोरियन एयरले ३ सय ५० सिट क्षमताका जहाज सञ्चालन गरिरहेका थिए। प्राधिकरणले विमान कम्पनीहरुलाई मध्यम तथा न्यारो बडीको जहाज सञ्चालन गर्न भनिएको छ। प्राधिकरणको यस निर्णयले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजको सेवा सञ्चालन गर्न नसक्नु लज्जास्पद भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस