एचकेनेपाल डट कम संवाददाता-
काठमााडौं, ३ भदौ। नेकपा एमालेका अध्यक्ष भलनाथ खनालले युवासंघका अध्यक्ष महेश बस्नेतलगायतलाई कारवाही गर्ने चेतावनी दिएका छन्।

अध्यक्ष खनालले पार्टीको निर्देशन नमान्ने तथा पार्टीको नीति अनुसार नचल्ने बस्नेतलगायतलाई कारवाही गर्ने चेतावनी दिएका हुन्। डल्लुस्थित आफ्नो निवासमा निर्वाचन सुनिश्चितका लागि ध्यान आर्कषण गराउन रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्तर्गतको कार्यक्रममा ज्ञापनपत्र बुझ्दै खनालले त्यस्तो चेतावनी दिएका हुन्। युवासंघमा गुण्डागर्दी बढ्दै गएको भन्दै यसलाई रोक्नु पर्ने उनले बताए। अध्यक्ष खनालले अब मंसिर ४ गतेको लागि तोकिएको समय कुनै पनि हालतमा तलमाथि हुन नसक्ने बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस