दधिराज घिमिरे –
रिडीङ्ग बेलायत, १७ अगष्ट। एनआरएन जननी भूमि बेलायत हो। अरु देशको एनआरएन भन्दा यो देशमा परिस्थितिहरु फरक छन्। तहि फरक परिस्थितिमा संसारका एनआरएनहरुमा असहजको परिस्थितीहरुको सामाना गरि रहेको अहिलेको परिस्थितीमा बेलायत पनि अछुतो रहन सकेन।

अगष्ट १७ मा सदस्यता फर्म भर्ने अन्तिम दिन बेलायतको रेडीङ्गमा रहेको कार्यालयमा फर्म दर्ता गर्ने क्रममा देखिएको असहज परिस्थितीले र निर्वाचन आयोगले देखाएको गलत रबैयाले हो भन्ने बिषयमा बिवाद भएको हो। बिवादले दुई एनआरएन बनाउने सम्मको बिषयमा चर्को रुपमा उठेको थियो। दर्ता नभएका सदस्यहरुको भेलाले अर्को एनआरएन १५ सेप्टेम्वरकै दिन भेला गर्नु पर्छ भन्ने आवाज उठेको छ। सडकमा उठेको बिषयले साच्चै रुपधारणा गरेमा अर्को एनआरएनको जननी हुने मौका पनि बेलायतले पाउने छ। एघार हजार सदस्यहरुको फर्म कार्यालयको ढोकाबाट फिर्ता भई सदस्य हुनबाट बञ्चित हुनु भनेको सायद अन्य कुनै देशमा भएको छैन। यि सबै सदस्यहरुलाई बेवास्ता गरियो भने सडकमा उठेका आवाजले सांगठानिक रुप धारणा गर्ने छैन भन्न सकिदैन। यि सदस्यहरुको सदस्यता हुन पाउने अधिकारमा एनआरएनको अहिलेका कार्य समितिले आज निर्वाचन कार्यालय अगाडि जस्तै बेवास्ता गर्ने हो भने संपूर्ण बेलायतबासीले एनआरएनलाई बेवास्ता गर्ने परिस्थिती आउदैन भन्न सकिदैन । एनआरएनले बेलायतले बेलायतको समाजलाई बिभाजन गर्दै छ भन्ने सन्देश बेलायत तथा अन्य मुलुकका प्रवाशी नेपालीहरुमा पर्न सक्नेछ। जनतालाई सूचनाको हकवाट बञ्चित गर्ने जस्तो कार्यले बेलायत जस्तो मुलुकमा जनतालाई रैतिको स्थानमा देख्ने नेपाली सामन्ती प्रबृत्ति नै एनआरएन जस्तो प्रवाशी नेपालीहरुको साझा संगठन भित्र रहेकोले आउने दिनमा यो कार्यलाई ध्यान दिने कुरामा बेलायतबासी नेपालीहरुको माग रहेको पाईयो।

बेलायतमा लगभग एक लाख भन्दा बढिको संख्यामा नेपालीहरु रहेको अनुमान गरीन्छ। अहिलेसम्म एनआरएनमा जम्मा तीन हजारको हाराहारीमा मात्र सदस्यहरु रहेको थियो। बिगतको चुनावमा केही हदसम्म मिलीजुलि गरेरनै एनआरएन बेलायतले आप्mनो परिचय दिएको थियो तर यो पटका बिगतमा भएको संझौतालाई अहिलेको कार्य समितीले नै उलंघन गर्दै सहमतिय बातवरणलाई बिगारेको हो भन्ने बिषयमा बेलायतबासीहरुको गुनासो पाईन्छ। उमेद्धारको दर्ता नभईसकेको भए पनि बिभिन्न पार्टीको समर्थन र ति पार्टीका निर्णयबाट अहिलेसम्म तीन जना अध्यक्षको उमेद्धवारी घोषणा गर्नु भएको थियो।

चुनावी सरगर्मीसंगै सदस्यता बनाउने होडबाजी यसरी बढ्यो कि दश पाउण्ड राखिएको सदस्यता शूल्कलाई निःशूल्क भरियो र अध्यक्षका प्रत्यासीहरुलेनै सदस्यता शूल्क तिर्ने कामहरु भयो । सदस्यता सोचें भन्दा यति धेरै भयो कि बिगतको तीन हजारको हारारीमा भएको सदस्य लगभग १७ हजारको हाराहरीमा पुग्ने अनुमान गरियो। सदस्य शूल्क उमेद्धारहरुले तिर्ने प्रकृयाको जनस्तर देखिनै बिरोध रहन गएको थियो। यहि प्रकृयागत त्रुटी नै एनआरएन बेलायतको बिवादको मुख्य चुरो थियो। किनकी पैसा नहुनेले एनआरएनको नेतृत्वको कल्पना भन्दा बाहिरको बिषय बन्दै जानु प्रवाशी नेपालीहरुको भावाना बिपरीत थियो जुन एनआरएन बेलायतले रोक्न सकेन। एक अध्यक्षको प्रत्यासीले जित्नका लागि थोरैमा पनि ६ हजारको हाराहारीमा सदस्य बनाउनु पर्ने र त्यसको लागि लगभग साट्ठी हजार पाउण्ड सदस्य शूल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुने देखिन्छ । अव बेलायत एनआरएनमा पैसा हावी भयो भन्नेनै बेलायतबासी नेपालीहरुको मुख्य चिन्ता हो। एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धि र बिबेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनु पर्यो भन्ने बिषयको चिन्ता नै अहिलेको मुख्य चिन्ता हो । यसका साथै एनआरएन सबैको साझा भन्ने गरिन्छ तर ब्यवहारमा ठिक उल्टो रहेको पाईयो किन कि आमुक संगठनका सदस्यहरुले यो संस्थालाई आप्mनो पक्कडमा राख्न खोज्नुले पनि बिवादले ठांउ पाएको भित्रि पाटो हो भन्न सकिन्छ।

किन भयो सदस्यता फर्म दर्ता बहिष्कार?
चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडीङ्गमा निर्वाचन कार्यलयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानिमा भिजेरै भए पनि सदस्यताको लागि लामबद्ध थिए । एक जनाले १०० फर्म भन्दा बढी दर्ता गर्न नपाउने नियम निर्वाचन आयोगले बनाएको थियो। लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए भने एक जना दाजुले लौ न मलाई १५ जना चाहियो १५ सय फर्म छ भनेर खोज्दै हुनुहुन्थ्यो। यसरी एउटा उत्साह जस्तै देखिने गरी कामहरु अगाडी बढेको देखिन्थ्यो । म आफू अध्यक्षको प्रत्यसीसंगै अलि बढी केन्द्रित थिएं। उहाहरु मध्य दुई जना प्रत्यसीहरुलाई मैले पुरै समय चिन्तित रहेको पाएं। यो चिन्ता कि त एकता गर्ने भन्ने बिषयमा छ कि त आर्थिक सवालमा छ भन्नेमानै लाग्यो। तर एकाएक अध्यक्षको प्रत्यासी महेन्द्र कंडेलले कार्यालयबाट निस्कदै निर्वाचन आयोगलाई भरोसा गर्न सक्ने कुनै पनि आधार देखिएन भन्दै निस्कनु भयो। फर्म बुझाउन लाईनमा बस्ने सम्पूर्णले फर्म फिर्ता दिए। फर्म महेन्द्र कंडेल र सुर्य नेमाङ्गले फिर्ता लिनु भएको थियो। यसरी यो दुबै जनाले फर्म दर्ता कार्यक्रम नै आफूहरुको तर्फबाट स्थगित गरेको जानकारी दिनु भएको थियो । यि दुबै जना अध्यक्षको प्रत्यासीहरुले एघार हजार सदस्यले सदस्यता फर्म भर्न बहिस्कार गरेको जानकारी दिनु भएको थियो।

के भन्छन् त तीनै जना अध्यक्षका प्रत्यासीहरुः

योगेन बहादुर क्षेत्री
“मेरो मुख्य बिषय भनेको मिलेर जाउं भन्नेनै नै हो । साथिहरुले फर्म बुझाउनु होस् म सहमतिको लागि बार्ता गर्न तयार छु भन्नु भयो।” लाग्दथ्यो उहाँ साच्चै नै एनआरएन बिवादरहित रहोस् भन्नेमा निकै चिन्तित हुनुहुन्थ्यो। जुन सम्भावना भन्दा बाहिर पुगि सकेको करिव निश्चित छ।

महेन्द्र कंडेल
“सहमतिको बिषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा बिषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिका लागि कसले कति गर्यो भन्नेनै मुख्य हो। मैले एनआरएनलाई सहमतिको लागि गरेको योगदानलाई एनआरएनको मुख्य मर्म हो भनेर बुझ्न नसक्नुनै सहमतिको बाधक हो। अहिलेको बिवाद भनेको निर्वाचन आयोगनै आफूलाई हाराउनको लागि परेको प्रमाण र तथ्यहरु रहेकोले बेलैमा सचेत हुदैं आयोगको बिस्तार गर्दै सबैको बिश्वासको वातावरण बनाउनको लागि आफूले माग गरे पनि यो बिषयमा छलफलनै गर्न नखोज्नुनै मुख्य प्रमाण रहेको बताउनु भयो।”

सूर्य नेमाङ्ग
“सहमतिभन्दा पनि एनआरएन बेलायतको लिने नीतिको बिषय मुख्य हो। सदस्य बनाउने बिधिमा मन परेको छैन। पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ। एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रकृायामा जानेछौं।”

आज बेलायतमा बाहिर भाषणहरु भए बहिष्कार गर्नेहरुले आफूहरुसंग एघार हजार सदस्य रहेको र एघार हजार सदस्यले सदस्य भर्नबाट बाहिरिएको जानकारी दिदै गाडीहरुमा फर्महरु देखाउदै थिए। तर भित्र के भएको छ पत्रकारको हैसियतले जानकारी पाउंभन्दा भित्र जाने अनुमति दिईएन। फर्म भर्ने समय सकियो भनेर भनियो तर कति फर्म दर्ता भए भनेर भनिएन यो प्रकृयाले निर्वाचन स्वछ नहुनेनै रहेछ भन्ने जनायो। त्यहां त्यत्रो बिवाद भएको छ एनआरएन बेलायतका सदस्यहरुले मिलाउने कुनै पहल गरेको पाईएन। बिवाद भयो त समाधान गर्नको लागि कमसेकम पहल हुनु पर्छ। एकअर्कालाई हिलो छ्याप्ने प्रबृत्तिले बेलायतमा प्रशस्त ठाउं ओगोटेको पाईयो। बेलायतमा नेपालीहरुको चिन्ता भनेको एनआरएन बेलायत साझा संगठन होस मात्र केही पार्टीको कठपुतली नबनोस् भन्ने रहेको छ। यो बेलायतबासीको चिन्तालाई कसरी लिने छ भन्ने बिषयमा अहिलेको बिवादलाई सामाधान गर्ने बिधीमा भर पर्ने छ। यदि दुई एनआरएन बेलायत बिभाजित भयो भने कुनलाई आधिकारिक एनआरएन मान्ने अन्योल छ। किन कि एउटा पक्षसंग चार पांच हजार सदस्यता छ भने अर्को पक्षसंग दश एघार हजार सदस्य छ भन्ने दावी रहेको छ। यो दुई दावीलाई एकता गर्ने दूरदर्शिता अहिलेको कार्य समितीमा छ कि छैन मुख्य चुनौति बनेको छ।

(समाचार स्थलगत रिपोर्ट तथा बिश्लेषक क्रान्तिकारी पत्रकार संघ, यूरोपका संयोजक हुनुहुन्छ)

के भएको थियो एनआरएन बेलायतमा भिडीयो हेर्नु होला

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस