सुरज गुरुङ / एचकेनेपाल डट कम-
बुद्धको जन्म स्थल लुम्बिनीमा रहेको विश्व अखण्ड ज्योति (शान्ति दीप) नेपालबाट द. कोरिया भित्र्याउंन सहयोग पुर्याउनेलाई नेपाली राजदूतावासले सम्मान गर्ने भएको छ। साथै बुद्ध जयन्तीको अवसरमा मनाईने लोटस ल्यान्टर्न फेस्टिबल (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा) मा बुद्धको जीवनीसंग संबन्धित विभिन्न प्रतिमाहरुसहित शहर परिक्रममा गर्ने क्रममा समेत उल्लेखनीय सहयोग गर्ने कोरियन, नेपाली नागरिक र संघ–संस्थाहरुलाई दूतावासले प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएको छ।
अखण्ड ज्योति गत अप्रिल १९ (२०७० बैशाख ६) शुक्रबारका दिन राष्ट्रपति डा. रामवरण यादवले दोसन्सा गुम्बाका लामालाई हस्तान्तरण गरेपछि नेपालबाट शान्ति दीप पद यात्रा प्रारम्भ भई चीनको तिब्बतीय क्षेत्रका विभिन्न गुम्बाहरु हुदै मे २ (बैशाख १९) बिहीबारका दिन द. कोरिया आगमन पश्चात दोसन्सा गुम्बामा प्रतिस्थामन गरि यहाँका बिभिन्न १०८ वटा गुम्बाहरुमा पु¥याईएको थियो।
प्रत्येक वर्ष मनाए झै यस वर्ष गत मे ११ तारिख बुद्ध जयन्तीको अवसरमा मनाइएको लोटस ल्यान्टर्न फेस्टिबलमा नेपालबाट ल्याईएको शान्ति दीप र बुद्धको जीवनीसंग संबन्धित बिभिन्न प्रतिमाहरु सहित लाखौंको जन सहभागितामा शहर परिक्रमा गराई बुद्ध जन्मेको स्थान र देश “लुम्बिनी नेपाल” को बारेमा ठूलो प्रचार प्रसार गरिएको थियो। यसरी नेपालबाट शान्ति दीप कोरिया ल्याई बुद्धको प्रतिमाहरुसहित लोटस ल्यान्टर्न फेस्टीबलमा प्रदर्शन गर्दै शहर परिक्रमा गर्ने क्रममा यहाँका बिभिन्न कोरियन र नेपाली नागरिक तथा संघ–संस्थाहरुले उल्लेखनिय सहयोग र योगदान गरेका थिए। यसर्थ नेपाल र कोरिया बिचको कुटनैतिक दैत्य सम्बन्धलाई अझ प्रगाढ र बलियो बनाउनुका साथै नेपाली र नेपालको पहिचानलाई अझ उचो बनाउने उक्त पवित्र कार्यमा सहयोग गरेकाहरुलाई नेपाल सरकारको तर्फबाट नेपाली राजदूतावास सउलले अगष्ट १८ का दिन सम्मान गर्ने भनि पत्रचार तथा सूचना प्रचार प्रसार गरि सकेको भएता पनि आफ्नै विविध कारणवस र १९ औं विश्व आदिवासी दिवस मनाईने कार्यक्रम भएको जानकारी आएकोले उक्त दिन स्थगित गरिएको थियो। यही अगष्ट २५ तारिख आईताबारका दिन सो सम्मान कार्यक्रम सारिएकोले यसै सूचना तथा जानकारीलाई आधिकारिक ठान्दै मिति २०१३ अगष्ट २५ तारिख आईताबारका दिन नेपाली राजदूतावासको सभाहलमा दिनको ठिक १ बजे उपस्थित हुनका लागि सबै सहयोगी दाताहरुलगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा नेपाल कोरिया शान्ति दीप प्रज्ज्वलन व्यवस्थापन नागरिक कमिटी र नेपाली राजदूतावास सउलले हार्दिक अनुरोध गरेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b