मीन प्रकाश उप्रेती / एचकेनेपाल डट कम –
सउल,कोरियामा बसाई अवधिभरी सामाजिक कार्यगर्ने नेपालीहरूलाई एक कार्यक्रमबीच सम्ममान तथा बिदाई गरिएको छ। रोजगारका लागि कोरिया आए पनि कोरियामा रहेका नेपाली समाजमा निरन्तर योगदान पुर्याएका झापाका राजकुमार बान्तवा, चितवनका हेमु घिमिरे र पाँचथरका सन्दिप नेपालीलाई यसरी सम्मान तथा बिदाई गरिएको हो।
कार्यक्रममा कोरिया सन्देश क्लब तथा झापा मिलन समाजका अध्यक्ष मीन प्रकाश उप्रेती र डा. बिरेन्द्र तिवारीले संयुक्त रूपमा सम्मानित र बिदाई हुनेलाई दोसल्ला अोढाएका थिए। कोरियाको राजधानी सउलको शुभेक्क्षा रेष्टुरेण्टमा कोरिया सन्देश क्लब, झापामिलन समाज तथा सुनाखरि साङ्गीतिक समूहको संयुक्त आयोजनामा ती सामाजिक ब्यक्तिहरुलाई सम्मानसहित बिदाई गरिएको थियो।
सम्मान तथा बिधाई कार्यक्रममा डा. बिरेन्द्र तिवारी,डा.ह्रदयस प्रताप मल्ल , डा. रोशनी मल्ल, एन आर एन आईसिसि प्रतिनिधि केपि सिटैाला, एम टि यु का अध्यक्ष उदय राई, तमुधि कोरियाका अध्यक्ष ईश्वर गुरूङ, स्याङ््जा परिवारका अध्यक्ष मिलन राना पत्रकार महासंघ कोरिया शाखा सचिब बिशाल गहतराजले सम्मानित र बिदाई हुने ब्यक्तिहरुका कामको चर्चा गरेका थिए। यसै गरी उक्त कार्यक्रममा उपस्थित हुनेहरु जनसंपर्क समिति कोरियाका अध्यक्ष नव राज शिवाकोटी, बाग्लुङ्ग समाजका अध्यक्ष तारा केसी, राप्ति समाजका अध्यक्ष सुक वाहादुर थापा, महिलाका लागि महिलाकी अध्यक्ष जुनु गुरुङ, यायोखा कोरियाका प्रतिनिधि लगायत रहेका थिए।
सम्मानित र बिदाई हुने राजकुमार बान्तवा झापामिलन समाजका सचिव हुन् भने हेमु घिमिरे कोरिया सन्देश क्लबका सदस्य हुन्। यसै गरी सन्दिप नेपाली सुनाखरी साङ्गीतिक समूहका सदस्य हुन्। उनीहरू कोरियाको आफ्नो बसाई सकी यसैसाता नेपाल फर्कदै छन्। उक्त कार्यक्रममा सुनाखरी साङ्गीतिक समूहका गीत र नृत्यले उपस्थित सबैलाई भरपूर आन्नद दिलाएको थियो। झापामिलन समाजका उपाध्यक्ष तथा पत्रकार सन्तोष श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कोरिया सन्देश क्लबका ब्यवस्थापक राजु थापाले शुभकामना मनतव्य व्यक्त गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b