एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ कार्तिक। गुण्डाहरूको नाइके डन दीपक मनाङ्गे बुधवार जेलबाट रिहा भएका छन्। विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाएर उनी जेल रिहा भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान विभागले मनाङ्गेलाई अवैध सम्पत्ति कमाएको, चन्दा असुली, गुण्डागर्दी, कुटपिटलगायत अभियोगमा पक्राउ गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागले मनाङ्गे र पत्नी पासाङविरुद्ध १४ करोड ७३ लाख ३१ हजार ८सय ६ रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको भन्दै बिशेष अदालतमा जेठ ५ गते मुद्दा दायर गरेको थियो। सुन्दरीजलस्थित जग्गा धरौटीमा राखेर उनी रिहा भएको अदालत स्रोतले जनाएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस