Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नयाँ पारसलाई समाप्त पारेरै छोड्ने विद्यार्थी नेताको चेतावनी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ चैत्र । नेपालमा नयाँ पारसको उदय भएको भन्दै विद्यार्थी नेताहरूले नयाँ पारसको रुपमा देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहलका छोरा प्रकाशलाई पुराना पारस शाहको हालत बनाउने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी युवासंघ नेपाल र अनेरास्ववियुलेले प्रचण्ड पुत्रलाई नयाँ पारसको रुपमा उदय गराउने प्रयत्न भईरहेको दावी गर्दै नयाँ पारसलाई समाप्त पार्ने चेतावनी दिएका हुन्।

अनेरास्ववियुका महासचिव किशोर विक्रम मल्लले सरकारले राज्यको ढुकुटी मोजमस्तीका लागि प्रचण्ड पुत्रलाई दुइ करोड रुपैया दिने भनि गरेको निर्णय राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारको त्यस्ता जनघाती निर्णयलाई सडकबाट परास्त गर्ने चेतावनी दिए। मल्लले भने- सरकार शान्ति र संविधानमा लाग्नु पर्ने वेला देशको ढुकुटी रित्याउने खेलमा लागेको छ। यो सरकारलाई एक सेकेण्ड कुर्सी रहने अधिकार नभएको दावी गरे। उनले प्रचण्डका छोरा प्रकाश दाहललाई दुइ करोड दिने निर्णय २४ घण्टाभित्र फिर्ता नलिए सशक्त सडक संर्घष गरेर सरकार ढाल्ने चेतावनी दिए।

पत्रकार सम्मेलनमा युवा संघ नेपालका उपाध्यक्ष झपट रावलले बाबुराम सरकार हत्या, आतङ्क र भ्रष्टाचारको ठेकेदार सावित भएको आरोप लगाउँदै प्रचण्ड पुत्र प्रकाशलाई २ करोड दिने निर्णयले नयाँ सामन्तको उजागर भएको आरोप लगाए। रावतलले अहिले नयाँ पारसको उदय भएकोमा आपत्ति जनाउँदै राष्ट्रघाती त्यस्ता नयाँ पारसलाई समाप्त पारेरै छाड्ने उनको दावी गरे। उनले भ्रष्टचारीहरु सत्तामा बसिरहनु नैतिक अधिकार नभएको भन्दै तत्कालै राजिनामा दिनुपर्ने माग गरे।

विद्यार्थीले सरकारको निर्णयको विरूद्धमा आइतवारदेखि देशभरीका शैक्षिक संस्था अगाडि आन्दोलन गर्ने बताएका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by