एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३२ साउन। नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग इन्टरसेक्सन डेल्टा साउथ बिग्रिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्।

धावन मार्ग बिग्रिएकोले अवतरण हुन लागेकामध्ये आन्तरिक उडानका विमानलाई फर्काइएको र अन्तर्राष्ट्रिय उडानका विमानलाई आकाशमै होल्ड गरिएको विमानस्थल कार्यालयले जनाएको छ। चीनको कुमिङबाट आएको चाइना इस्टर्न एयरलाइन्स र नयाँ दिल्लीबाट आएको जेट एयरवेज आकासमै होल्ड गरिएको थियो। त्यसै गरी भुटानको पारो विमानस्थलबाट आएको ड्रुक एयरको जहाज पनि केही समय आकासमै होल्ड गरिएको थियो। भत्किएको धावनमार्ग अस्थायीरुपमा मर्मत गरिएको हुंदा पुनः अवरुद्ध हुने सम्भावना रहेको जनाइएको छ। गत आइतवार पनि धावनमार्ग भत्किदा झण्डै एकघण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस