गणेश पौडेल / एचकेनेपाल डट कम-
बागलुङ, शारिरिक तथा मानसिक रुपमा पूर्ण अपाङ्गता भएका पाला गाविसका दुई दाजुबहिनीको परिवारलाई बेलायतमा स्थापित नेपाली संस्थाले आर्थिक सहयोग गरेको छ।
पूर्णरुपमा अपाङ्गता भएका पाला गाविस वडा नं. ६ का खिमलाल जैसी र देवी जैसीको परिवारलाई बेलायतमा गठित नेपालीहरुको संस्था राइजिङ हेन्ड्स डोनेसन ट्रष्टले बिहीबार एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तण गरिएको हो।
चन्द्रलाल जैसी र तुलसी जैसीका २० वर्षीय छोरा खिमलाल र १९ वर्षीया छोरी देवी जैसी पूर्ण रुपमा अपाङ्ग भएको आर्थिक अभावका कारण लालन पालनमा पनि समस्या आएका कारण उनीहरुको राहतका लागि केही रकम सहयोग गरिएको ट्रष्टका नेपाल संयोजक विमल शर्माले बताउनुभयो। बेलायतमा अध्ययन, व्यवसाय, राजगारी लगायत विभिन्न क्षेत्रमा सक्रियता संस्थाका कार्यकारी निर्देशक लक्ष्मणजंग पाण्डे र सचिव उज्वल घिमिरेको क्रियतामा संकलिन २२ हजार पाँच सय पचाँस रुपैया अपाङ्गका अभिभावक तुलसी जैसीलाई नेपाल समन्वय समितिका संयोजक विमल शर्माले हस्तान्तरण गर्नुभएको थियो।
दुवै सन्तान पूर्ण रुपमा अपाङ्ग भएको र उनीहरुको लालन पालनमा कठिनाई भएको जानकारी पाएपछि आफूहरुले सहयोगका लागि ट्रष्टसँग अनुरोध गरेपछि उक्त रकम प्राप्त भएको समन्वय समितिका मिडिया कोअर्डिनेटर गणेश पौडेलले बताउनुभयो। अपाङ्ग दाजुबहिनी मध्य दाजु खिमलाल आँखा नदेख्ने, बोल्न नसक्ने, हिडडुल गर्न नसक्ने अवस्थामा छन् भने बहिनी देवी कोल्टो समेत फर्कन नसक्ने अवस्थामा रहेकी छिन् । ‘यिनीहरुकै हेरचाहमा दिन जान्छ, सहयोग प्राप्त गरेपछि अपाङ्गकी आमा जैसीले भन्नुभयो– ‘कसरी दैनिक गुजारा चलाउँने भन्ने समस्या थियो, सहयोग प्राप्त भएपछि आफूलाई केही राहत मिलेको छ।
अपाङ्ग मध्य दाजु खिमलाल अलिअलि घस्रेर हिड्ने भएपनि बहिनी देवीको अवस्था अत्यन्त नाजुक छ । उपचारका लागि प्रयास गरेपनि उपचार हुन नसकेको हजुरआमा पवित्रा जैसीले भन्नुभयो । ‘उनीहरुलाई खाना खुवाउनेदेखि दिसा पिसाव सोर्नेसम्म सबै काम गर्नुपर्छ, एक जनाले छाडेर जानै नहुँने समस्या छ, एकातिर आर्थिक समस्याका कारण दैनिकी चलाउँने समेत मुस्किल भएको बेला सहयोग गरेको मुरी मुरी धन्यवाद छ।’ हजुरआमा जैसीले भन्नुभयो ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस