सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
नेपाली ब्राण्डको रुपमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो दरिलो उपस्थिति जनाउदै आफ्नो बजार फैलाउदै गरेको नेपालको सबै भन्दा रुचाइएको चाऊचाऊ वाईवाई अहिले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसिसिआई नेसनल एक्सिलेन्स अवाडमा उत्कृष्ट नेपाली ब्राण्डमा मनोनयनमा परेको छ।

वाईवाईसंगै चोकोफन, जगदम्बा स्टील, पशुपति पेन्ट्स र टोकला चिया मनोनयनमा छन्। उत्कृष्ट ब्राण्डको लागि फेसबुक र एसएमएसबाट वोटिंग खुला गरिएको छ। वाईवाईले फेसबुकबाट अहिले भोटकालागि अभियान नै थालेको छ। एसएमएसबाट भोट गर्न NC05 टाइप गरि ७३३७ मा एस एम एस गर्न सकिन्छ भने फेसबुकबाट एफएनसिसिआईको फेसबुक पेजमा वाईवाइको लोगोमा लाईक गर्नुपर्छ।

बेलाबेलामा विभिन्न कल्याणकारी योजनाहरु ल्याउदै आएको वाईवाइले फेसबुकको प्रत्येक लाईकको ५ रुपैयाको दरले संरक्षण विहीन बालबालिकाका लागि खोलिएको नेपाल बाल संगठनलाई सहयोग गर्ने जनाएको छ। साथै वाईवाईले हरेक दिन एफएनसिसिआईको फेसबुक पेजमा भोटिंगको लागि वाईवाइको लोगो सबैभन्दा बढि ट्याग गर्ने एक जनालाई स्मार्टफोनसमेत दिंदै आएको छ। वाईवाईलाई नेपालको न.१ ब्राण्ड बनाउन यो लिंकमा गएर लाईक गर्नुहोस्।
http://goo.gl/4snopK


फोटो: वाईवाई ब्राण्डलाई भोटका लागि फेसबुक पेजमा सबैभन्दा बढि ट्याग गरेर धरान १ की महिमा बरालले जितेको लाभा स्मार्टफोन हस्तान्तरण गर्दै मिस पूर्वाञ्चल नेहा बजाज।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस