Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सडकबाट माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउदैनः पौडेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ चैत्र । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल सुनीलले सडकबाट कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

रिपोर्टर्स क्लव नेपालले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा पौडेलले प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै दलको वैद्य पक्षले सडक आन्दोलनको घोषणा गरेकोमा आक्रोश पोख्दै भने,प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई पुनः द्वन्द्धमा होम्ने षडयन्त्र हो। आफ्नै दलको सरकारको राजीनामा माग्नु गैरजिम्मेवारी र अपरिपक्वता हो।’

साक्षात्कारमा उनले लाखौं जनताको आँशु, रगत र पसिनाबाट खर्चेर बनेको पार्टीले सरकारलाई राष्ट्रघाती भन्नु अराजकता र मुखर्ता भएको बताए। ‘बाबुरामजीलाई पहिलेदेखि नै राष्ट्रघाती भन्नेहरु थिए। अहिले त्यसैको पुनरावृत्ति भएको छ, पौडेलले भने। राष्ट्रिय सहमतिको आधार नबनेसम्म र अविश्वासको प्रस्ताव पारित भएको अवस्थामा बाहेक प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पार्दै सडकबाट राजीनामा माग्नु भन्दा अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिए।

उनले वैद्य पक्षलाई कुन मन्त्रालय चाहिएको हो,त्यसबारे छलफल गर्न सरकार तयार रहेको पनि बताए। प्रधानमन्त्री भट्टराईले राजीनामा दिए अर्को प्रंधानमन्त्री खोज्दैमा जेठ वित्ने दावी गर्दै उनले भने,’शान्तिप्रक्रिया टुंग्याउन अहोरात्रखटिरहेका बेला प्रधानमन्त्रीको राजीनामा माग्नु भनेको कंही नभएको जात्रा हांडीगाउँमा भनेजस्तै हो।

उनले प्रकाश दाहालको अभियानलाई दुइ करोड रुपैया दिने सरकारको निर्णयप्रति आफ्नो केही रिर्जवेशन भए पनि सरकारको निर्णय भने कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by