एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३१ साउन। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको छानविन सम्बन्धमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति मानव अधिकारकर्मी, नागरिक समाज र पीडित समुदायले आपत्ति जनाएका छन्।
अधिकारीको हत्याको छानविन अगाडि बढाउन राष्ट्रिय मानव अधिकार आयोगको सिफारीसमा नेपाल सरकारबाट अनुसन्धान अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएकोमा प्रचण्डले छानबीन अगाडि नबढाउन धम्की पूर्ण भाषा प्रयोग गरी चेतावनी दिएकोप्रति मानव अधिकारकर्मी, नागरिक समाज र पीडित समुदायको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्। उनीहरुले प्रचण्डको अभिव्यक्तिप्रति गम्भीर आपत्ति भएको अधिवक्त दिनेश त्रिपाठीद्वारा जारी प्रेस बिज्ञप्ति जनाएको छ। न्यायिक प्रक्रियामाथि एवम् सभ्य समाजको आधकारभूत मूल्य एवम् मान्यतामाथि गम्भीर प्रहार भएको छ, विज्ञप्तिमा भनेको छ। हत्या जस्ता जघन्य अपराधको स्वतन्त्र, निष्पक्ष, पारदर्शी, विश्वसनीय एवं विधिसंगत ढंगबाट अनुुसन्धान गरिनु पर्नेमा छानबीन प्रक्रियालाई अवरुद्ध गर्ने अभिव्यक्तिले लोकतन्त्र र विधिको शासनको उपहास गरेको छ। विज्ञप्तिमा घटनाको निष्पक्ष ढंगबाट अनुसन्धान प्रारभ्म गर्न र मृतकका आमा गंगा देवी र बुवा नन्द प्रसाद अधिकारीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न जोडदार अपील गर्दछौं, भनेको छ।
१ .दिनेश त्रिपाठी
२. प्रा. कपिल श्रेष्ठ
३. चरण पसाई
४. सुदिप पाठक
५. भवानी प्रसाद खरेल
६. सुवोध प्याकुरेल
७. प्रा . अमोदा श्रेष्ठ
८. नवराज अधिकारी
९. सुमन अधिकारी
१०. कमला राई
११. ज्ञानेन्द« आर्यन
१२. जगत राउत
१३. मेघ बहादुर खत्री
१४. लक्ष्मी कोइराला
१५. शेष नारायण श्रेष्ठ
१६. सुशीला शर्मा
१७. अनिल खनाल
१८. बालकृष्ण शर्मा
१९. राम कुमार भण्डारी
२०. सावित्री श्रेष्ठ
२१. रिना श्रेष्ठ
२२. परीक्षा राणा
२३. सुरेश भट्ट
२४. भानुभक्त ढकाल
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b