Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैनः केसी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ चैत्र । कांग्रेस नेता अर्जुन नरसिंहले शान्ति प्रक्रिया टुंग्याउन कांग्रेसले फागुन मसान्तसम्मको समय दिएको स्मरण गराउंदै उक्त अवधिभित्र शान्ति प्रक्रिया पुरा नगरेकाले अव प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताएका छन्।

राजधानीमा शनिवार आयोजितक साक्षात्कार कार्यक्रममा बोल्दै केसीले भने ‘हाम्रो पार्टी सभापति सुशील कोइरालाले नै फागुन मसान्तभित्र शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीलाई समय तोकिदिनुभएको थियो। त्यो समय तोकिदिएको चार दिन वित्दा पनि शान्ति प्रक्रिया नटुंगेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। कांग्रेसले बाबुरामको विकल्पमा जाने दृष्टिकोण बनाइसकेको छ।

नेपाली सेनामा जाने माओवादी लडाकुले व्यक्तिगत मापदण्ड पुरा गर्नुपर्ने,सैनिक ऐन अनुसार भर्ति गर्ने र सेनाको वृत्ति विकासमा असर नपर्ने कुरा सात बुंदेमा स्पष्ट रहेको उल्लेख गर्दै केसीले अगाडी भने,सेनाको मापदण्ड मिचेर जर्नेल,कर्णेल चाहियो भन्ने सम्झौता विपरित हो। राष्ट्रिय सेनालाई राजनीतिककरण गर्न नहुने तर्क गर्दै उनले भने। तर माओवादीले राष्ट्रिय सेनाभित्र यो तेरो,यो मेरो भन्न खोजेको छ। सेनाभित्र माओवादीको प्रतिनिधित्व कुनै पनि हालतमा स्वीकार गर्दैनौ।

शान्ति प्रक्रिया नटुंगेसम्म संविधान घोषणा हुन नसक्ने दावी गर्दै उनले भने,शान्ति प्रक्रिया टुंगेर राज्य पुनर्संरचनाको टुंगो लाग्नेवित्तिकै कांग्रेस सबै प्रकारका शासकीय स्वरुपका विषयमा छलफल गर्न खुल्ला छ।

सातबुंदे सहमतिलाई माओवादीले कपाली तमसुक बनाएको आरोप लगाउंदै उनले भने,सहमति गर्ने तर त्यसको पालना नगर्ने माओवादी र सरकारको नियत राम्रो देखिदैन।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by