एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २९ साउन। राष्ट्रिय युवा नीति निर्माणमा युवाको भूमिका र पर्यटन व्यवसाय नेपालको भविष्य छ भन्दै १४ औं अन्तर्राष्ट्रिय यूवा दिवस सम्पन्न भएको छ। बिशेष गरी व्याचलर लेभलमा अध्ययनरत ५१ जना यूवाहरु सहभागी कार्यक्रममा नेपाल टुरिजम बोर्डको प्रतिनिधि लक्ष्मण गौतमले नेपालमा टुरिजम व्यवसायको सम्भावना र यसको भविष्यको बारेमा सहभागीहरुलाई स्पष्ट पार्नु भएको थियो।
कार्यक्रममा पर्यटन व्यवसायी कृष्ण अर्यालले यूवा भनेको त्यस्तो शक्तिशाली समूह हो जस्मा परिबर्तन गर्न सक्ने क्षमता हुन्छ भन्ने कुरामा जोड दिनु भएको थियो। अर्का बक्ता घनेन्द्र श्रेष्ठले यूवा शक्तिले चाहे देशको मुहार फेर्न सक्छ। श्रेष्ठले यूवा नीति निर्माणमा राष्ट्रिय यूवा परिषद, नेपालले मुख्य भूमिका खेल्नु पर्ने बताउनु भयो। पिस फर पिपुलका अध्यक्ष सन्तोष बिडारीले अबको युग भनेको यूवाको हो भन्दै उहाँले यूवालाई अव आफ्नो भविष्य सुनिश्चितताको लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भयो। परिषदका अध्यक्ष सरोज बानियाँले अनुमोदनको लागि पेश गरिएको राष्ट्रिय यूवा नीतिको खाका सम्बन्धित निकायमा पेश गर्न सुझाव दिएका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b