सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम – –
सगरमाथा नेपाली समाज आशफोर्ड केन्ट युकेले स्थानीय थ्री जी फुटबल मैदानमा छैठौं सगरमाथा कप भब्यताका साथ सम्पन्न गरेको छ। गत १० अगष्ट २०१३ शनिबारका दिन सम्पन्न उक्त प्रतियोगितामा भेट्रान, नन-भेट्रान र अन्डर सिक्सटीन गरि ३ समूहमा बिभाजन गरेर प्रतिस्पर्धा गराइएको खेलको पहिलो राउण्ड लिग खेलबाट शुरु भएको थियो।
आशफोर्ड बरो काउन्सिलका मेयर डेभिड स्मिथ प्रमुख अथिति रहेको उक्त कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष श्री लिम्बु एबं खेलकूद सचिब हरि साम्पाङ्गले सबै टिम क्यापटेनहरुलाई खेल अबधिभरि पालना गर्नुपर्ने नियमहरुको बारेमा जानकारी गराए अनुरुप नै सहभागी सबै खेलाडीहरुले अनुसासित तवरले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए भने प्रतियोगितालाई व्यवस्थित बनाउन दक्ष एबं अनुभबी अफिसियल, स्वयं सेवक, सेक्युरिटी अफिसर , प्रहरी साथै समाजका सम्पूर्ण पदाधिकारीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
फाइनल खेल शुरु हुनु भन्दा अगाडी खेलाडी, अफिसियल लगायतलाई मैदानमा रोयल एयर फोर्स क्याडेट ब्याण्ड टीमले भब्य स्वागत गरेको थियो। कार्यक्रम स्थलमा पाहुना, दर्शक एबं खेलाडीहरुको लागि खाजा- पानीको प्रबन्ध महिला कमिटि तथा नमुना रेस्टुरेन्टले गरेको थियो भने थुप्रै स्थानीय व्यवसायीहरुले कार्यक्रमको लागि स्पोन्सर गर्नु भएको थियो।
बेलायत भरिका १७ टिमहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नन-भेट्रान समूहतर्फ सबै टिमहरुलाई पाखा लगाऊँदै साउथ इष्ट ब्वाइज र एन एफ सी डोभर फाइनलमा प्रवेश गरेको थियो। साउथ इष्ट ब्वाइजले २-० ले एन एफ सिलाई पराजित गर्दै लगातार दोस्रो पटक बिजेता भएको छ। याउ मान छन्त्याल र जयन लिम्बुले साउथ इष्ट ब्वाइजका तर्फबाट गोल गरेका थिए।
त्यसैगरी अन्डर सिक्सटीन समूहतर्फ फोक्सटन भान्जाले केन्ट युथलाई १-० ले हराएर पहिलो उपाधि हात पार्यो। फोक्सटन भान्जाका तर्फबाट माइकल लिम्बुले गोल गरेका थिए भने भेट्रानतर्फ ब्रिटिश गोर्खा डार्टफोर्डले आयो गोर्खालीलाई ६-१ ले पराजित गरेर पहिलो उपाधि आफ्नो कब्जामा पार्यो। पर्यबेक्षक टिमको निर्णय बमोजिम सगरमाथा कप २०१३ को बेष्ट प्लेयर ट्रफी साउथ इष्ट ब्वाइजका जीवन छन्त्याललाई प्रदान गरियो भने म्यान अफ द म्याच ट्रफी एबं टप स्कोरर ट्रफी क्रमस:फोक्सटन भान्जाका सुजित थापा र एन एफ सी डोभरका एलन रानालाई प्रदान गरियो।
पुरस्कार बितरण समारोहको प्रारम्भमा कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सेक्युरिटी अफिसर साथै अफिसियलहरुलाई प्रमुख अतिथि एबं समाजका उपाध्यक्ष भाष्कर तितुङ्गले प्रमाण-पत्र एबं ट्रफी प्रदान गरेका थिए। समाजका महासचिब मोहनकृष्ण गुरुङ एबं खेलकुद सचिब हरि साम्पाङले संयुक्त रुपमा संचालन गरेको पुरस्कार बितरण समारोहमा मेयर डेभिड स्मिथ, समाजका अध्यक्ष पोपिराज राई, बरिष्ठ उपाध्यक्ष श्री लिम्बु , व्यवसायीद्वय चेत गुरुङ तथा बिजय श्रेष्ठले बिजयी खेलाडीहरुलाई ट्रफी , मेडल साथै नगद पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष राईले बेलायत भरि छरिएर रहेका बिशेस गरि युवाहरुलाई खेलकुदको क्षेत्रमा प्रोत्साहन गर्दै खेलकुदको माध्यमबाट आपसी सम्बन्ध अभिबृद्दि गर्ने उदेश्यले समाजले सन् २००८ बाट प्रतियोगिताको शुरुवात गरेको प्रष्ट पार्दै सहभागी सम्पूर्ण टिम, दर्शक, पाहुना साथै कार्यक्रममा प्रत्यक्ष एबं अप्रत्यक्ष रुपमा सहयोग पुरयाउने सबैलाई मुरी मुरी धन्यबाद दिए पश्चात कार्यक्रमको समापन भएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b