तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा, कतार। हमाद अस्पतालमा विभिन्न कारणले मृत्यु भएका ११ नेपालीको शव नेपाल पठाउन कागजातहरु बनाउन वाँकी रहेको र नेपाल पठाउन प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ।

मृतकहरु असिलाल चौधरी,सीताराम मण्डल, खिलबहादुर थापा मगर, सुमन परियार,कृस बहादुर बुढा, लुछिराम चौधरी, लालबहादुर तामाङ्ग, हेमराज विक, खिलप्रसाद खत्री,तिरापित नारायणसाहु रहेकाछन् भने, १ वर्ष अगाडी मृत्यु भएका उतिम लाल महतोको शव समेत आवश्यक प्रक्रिया मिलाएर नेपाल पठाउन बाकी रहेको छ।

नेपाली समुदायमा नेपालीहरुको उद्धारकार्यमा खटिएका दिल बहादुर खड्का, नेपाली महिला समाजका अध्यक्ष रेखा राई समेतको टिम अस्पतालमा नेपाल विरामी, मृतकहरुको जानकारी लिन अस्पताल पुगेका थिए।

मरुवा ७ दोलखाकी सीता श्रेष्ठलाई बाटो काट्दै गरेको अवस्थामा कम्मरमा गाडीले ठोक्कर दिएपछि अस्पतालमा भर्ना भएकी छिन् । उनको अवस्था खतरामुक्त रहेपनि कम्मरमा गहिरो चोट लागेकोले अस्पतालमा केहिदिन बस्नु पर्ने भएकोछ । उनको अवस्था बुझ्न गएका दिलबहादुर खड्का, महिला समाजका रेखा राईका अनुसार लाइभ स्टारमा कार्यरत् सीता श्रेष्ठलाई गाडीले ठोक्कर दिएपछि एम्बुलेन्सले अस्पताल लिएर गएको थियो।

सो वारेमा महामहिम राजदुत डा. मायाकुमारी शर्माले अस्पतालमा रहेका विरामी नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगका लागि दुतावासले प्रक्रिया अघि बढाईसकेको र राजदुतावास विरामीहरुको आवश्यक हेरविचारको लागि दत्तचित्त रहेको र मृतकहरुको शव जतिसके चाडो परिवारजनलाई पठाईदिने विषयमा काम गरिरहेको जानकारी दिएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस