तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा, कतार। नेपाली प्रवासी सेवा समाज दोहा कतार र सम्सारा थकाली भान्छा घरले संयूक्त रुपमा आयोजना गरेको इद धमाका –२०१३ सफलताका साथ सम्पन्न भएको छ।

इदको दोस्रो दिन सम्पन्न भएको सो कार्यक्रम प्रस्तुत गर्न नेपालबाट लोकप्रिय कलाकारहरु लोकप्रिय गायक राजेशपायल राई, लोकदोहोरी गायक गायिका पशुपति शर्मा र टिका पुन, प्रतिभाशाली नृत्याङ्गना रोमा न्यौपाने, कुशल नृत्याङ्गना पार्वती राई, सुरिली स्वरकी गायिका रजीना रीमाल, मेरी वास्सैका लोकप्रिय हास्य कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र सुरज चापागाई (वान्द्रे) कतारमा आएका थिए।

यी लोकप्रिय कलाकारहरुले इदको दोस्रो दिन अगष्ट ९, तारिख २०१३ मा भलिबल स्पोटसक्लव दोहा कतारमा आफना प्रस्तुतीहरु पस्केका थिए। कतारमा रहदै आएकी लोकप्रिय लोकदोहोरी गायिका देविका केसी (गुरुङ्गले)े पनि आफ्ना तीजको नँया गीतसंगै लोक दोहोरी गायक पशुपति शर्मासंग वेजोड दोहोरी गीत प्रस्तुत गरिन्। सवारी दुर्घटनामा परि वाल्यकालमै आफ्ना वाँयाँ खुट्टा गुमाएकी नृत्याङ्गना रोमा न्यौपानेले दाँयाँ खुट्टाले मात्र नृत्य गरेर कतारमा रहेका नेपाली समुदायलाई आफ्नो अद्धितीय र साहसिक प्रतिभा प्रस्तुत गरिन् । कलाकार रोमा न्योपानेको प्रस्तुतीलाई दर्शकहरुले प्रसंशा गरेका थिए।

पहिलो र दोस्रो सो गरी लगभग ३५सय भन्दा बढी दर्शक तान्न सफल कार्यक्रममा गायिका रजिना रिमालले आफ्ना लोकप्रिय गीत, आफुले गाएका चलचित्रका गीतहरु प्रस्तुत गरीन् नेपाली सांगितिक क्षेत्रमा शिर्ष स्थानमा रहेका गायक राजेशपायल राईसंग गायिका रीमालले डुएट गीत गाइन्। टेलिश्रृंखला मेरी बास्सैका लोकप्रिय हास्यकलाकार केदार घिमिरे र सुरज चापागाईले माग्नेबुढा र वान्द्रेको भुमिकामा समसामयिक विषयबस्तुमा हास्यव्यङ्गय प्रस्तुत गरेर दर्शकहरुको मन जितेका थिए।

शिर्ष स्थानका गायक राजेशपायल राईले सदा झैं आफ्ना सुमधुर गीतहरुले दर्शकहरुहरुको भारी प्रसंशा बटुलेका थिए। स्थानीय गायक राजेन्द्र महराले पनि आफ्नो एल्बम एराइभलको गीत सो कार्यक्रममा गाएका थिए। नेपाली प्रवासी सेवा समाज दोहा कतारका अध्यक्ष छम पुन र सम्सारा थकाली भान्छा घरका संचालक र समाज सहयोगी हरी पुनले यसपालीको इदमा अन्य नेपाली समुदायको सांगितिक कार्यक्रम नझुधेको हुनाले नेपाली दर्शकहरु एउटै कार्यक्रममा झुम्मिन पुगेका हुन् र नेपाली समुदाय समेतको राम्रो समन्वय रहेको हुनाले यो कार्यक्रम अपेक्षित रुपमा दर्शकहरु खचाखच भइ कार्यक्रम सफल भएको जानकारी दिए। केही सामाजिक संघसस्थाहरुले नेपाली कलाकारहरुलाई सम्मान गरेका थिए भने नेपाली महिला समाजले महिला कलाकारहरुलाई सम्मान अभिनन्दन गर्ने कार्यक्रम बनाएकोमा सम्मान गर्न नपाएको गुनासो व्यक्त गरेका थिए। कलाकारहरु कार्यक्रम सम्पन्न भईसकेपछि सबै नेपाल र्फिर्कसकेकाछन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस