प्रदीप थापा मगर / एचकेनेपाल डट कम-
न्यु योर्क। विश्वको सबैभन्दा ठूलो पूर्व किशोरी (मिस प्रि-टीन) सुन्दरी प्रतियोगिता आयोजक संस्था नेशनल अमेरिकन मिसद्वारा आयोजित न्यू योर्क राज्यब्यापी मिस प्रि-टीन सुन्दरी प्रतियोगितामा ११ बर्षीया नेपाली छोरी सलिना श्रेष्ठले िमस ट्यालेन्टको उपाधि जित्न सफल भएकी छिन्।

अगस्ट ९ देखि ११ तारिखबिच न्यू योर्कको वेष्टचेस्टरस्थित मारियोट होटेल एन्ड रिसोर्टमा सम्पन्न उक्त सुन्दरी प्रतियोगितामा १०७ जना १० देखि १२ बर्षबिचका सुन्दरीहरुमध्ये सलिना श्रेष्ठले मिस ट्यालेन्ट उपाधिसहित र २ सय ५० डलर नगद पुरस्कार जितेकी हुन्। न्यू योर्कको इल्म्हर्स्ट निवासी संगीतकार बुवा शिशिर श्रेष्ठ र ब्यूटिसियन आमा लक्ष्मी जोशीकी जेठी छोरी सलिना श्रेष्ठले नृत्य र गायनमा उत्कृष्ट प्रतिभा मिस ट्यालेन्ट पुरस्कार जितेकी हुन्। यो पुरस्कारपछि सलिनाले आगामी नोभेम्बर महिनाको थ्याङ्क्स गिभिङ सप्ताहन्तमा क्याप्लिफोर्निया राज्यको हलिवूडमा हुने मिस पूर्व किशोरी (मिस प्रि-टीन) प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछिन्।

Photo: Pradeep Thapa Magar in New York



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस