एचकेनेपाल डट कम संवाददाता –
दार्जिलिङ, २६ भदौ। छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै शुरु भएको गोर्खाल्याण्ड आन्दोलन आधा बाटोमै अल्मलिएको छ। केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्देले दार्जिलिङका पूर्वसांसद र विधायकहरुलाई आन्दोलन छाडेर आए त्रिपक्षीय वार्ताबाट समस्या समाधान गर्ने आश्वाश्वन दिएपछि आन्दोलनरत दलका नेतृत्व अल्मलिएको हो। गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटीले ११ सेप्टेम्बरदेखि २० अक्टोबरसम्म बन्द हडताल नगर्ने निर्णय नै गरिसकेको छ। आमहडतालले करीव डेढ महिनादेखि अस्तव्यस्त जनजीवन सामान्य बन्दै गएपनि सर्वसाधारण जनताले आन्दोलन बिच बाटोमै अलपत्र पारेको भन्दै नेतृत्वको चर्को आलोचना गर्दै डेढ महिना लामो आन्दोलनलाई उपलब्धीबिहिन भनेका छन्।

तस्बिर सौजन्य: बिमल गुरुङ


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस