सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
गीतकार डा. कविराज बान्तवा र दृप चाम्लिङद्धारा रचना गरिएको गीति एल्बम “सम्झनाका तरेलीहरु” हालै एक समारोह बीच नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कूलपति एवं बरिष्ठ संगीतज्ञ अम्बर गुरुङले बिमोचन गरे।

डा.बान्तवाका तीनवटा र दृप चाम्लिङका चारवटा गरी जम्मा सातवटा गीत “सम्झनाका तरेलीहरु”मा समावेश रहेको छ। सो एल्बमका लागि संगीतकार तथा प्राज्ञ शान्तिराम राईले एकल संगीत दिएकाछन्।

एल्बममा संग्रहित तीन गीतको सो अवसरमा म्यूजिक भिडीयो प्रदर्शनी गरियो। जसमा गायिका अन्जुपन्तद्वारा गाइएको “माया गर्ने तिमीलाई”, स्वरुपराज आचार्यको स्वरमा रहेको “एउटा सानो गाउँमा” र उदय सोताङद्धारा गाइएको “आजको यो साँझ” गीतको भिडीयो रहेको थियो। जसलाई सुरज श्रेष्ठ र एस. रेग्मीले भिडीयोको निर्देशन गरेकाछन्। समारोहमा बोल्दै कूलपति अम्बर गुरुङले “उत्कृष्ठ गीत र संगीत रहेको यो एल्बम नेपाली संगीतको विकासमा एक कोशेढुँगा सावित हुने विचार व्यतm गरे।” गीति एल्बमको समिक्षा गर्दै डा. कृष्णहरि बरालले “गीति रचना र संगीतको शिर्जनशील पक्ष सशक्त रहेको र मानविय भावनालाई यथार्थ रुपमा अभिव्यक्त गरिएको काव्यिक रचना सफल हुने कुरामा दुईमत नरहेको कुरालाई जोड दिए।” गीतकार डा. बान्तवाले आफ्नो स्वागत मन्तव्य दिँदै आफू गाउँमा हलो जोत्दा, खेतमा काम गर्दा पनि गीतको भावमा हराउने गरेको उल्लेख गरे। अर्का गीतकार दृप चाम्लिङले आफ्ना गीतमा आफूले भोगेका ग्रामीण परिवेशका यथार्थ कुराहरु अभिव्यक्त गरेको बताए। एल्बमका संगीतकार तथा प्राज्ञ शान्तिराम राईले एल्बमका गीतहरुमा संगीत भर्दाका रमाईला प्रसङ्गहरु उल्लेख गर्दै आफ्नो यो एक्काईसौँ एल्बममा सबै भन्दा बढी मेहनत गर्नुपरेको र यस एल्बम कोशेढुँगा सावित हुने कुरामा आफू ढुक्क रहेको विचार व्यक्त गरे। एल्बममा नेपालका प्रशिद्ध गायक गायिकाहरु अन्जु पन्त, स्वरुपराज आचार्य, उदय सोताङ र राजेशपायल राईको स्वर रहेको छ। सोही अवसरमा कूलपति अम्बर गुरुङलाई दोसल्ला ओढाएर ताम्रापत्र सहित अभिनन्दन गरियो। कार्यक्रमलाई यूनाईटेड एजुकेशन फाउण्डेशने आयोजना गरेको थियो भने एल्बमको बजार व्यवस्थापन बिन्द्यवासिनी म्यूजिक कम्पनीले गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.