एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २६ साउन। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले लक्ष्मणप्रसाद रिमालद्वारा लिखित आत्मकथा ‘बितेका ती दिनहरु’को शनिवार राजधानीमा लोकार्पण गर्नुभयो। उहाँले लक्ष्मणप्रसाद रिमाल र गायत्री रिमालको बैबाहिक जीवनको ७५औं महोत्सवको उपलक्ष्यमा रिमाल दम्पतीलाई माल्यार्पण गरेर शुभकामना प्रदान गर्नुभयो। भैरब रिसालको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गड्गाप्रसाद उप्रेती, नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव डा.द्वारिकानाथ ढुङ्गेल, आदित्यमान श्रेष्ठ, शान्तबहादुर पुन र नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले रिमालको व्यक्तित्व र कृतित्वमा प्रकाश पार्नु भएको थियो। यो कृति नइ प्रकाशनबाट प्रकाशित भएको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस