माधब पनेरु / एचकेनेपाल डट कम –
पोखरा, २६ साउन। मंसीर ४ मा घोषणा गरिएको निर्वाचनको सशस्त बहिस्कार नीति लिएको नेकपा– माओबादीले कास्कीमा रहेका गाबिस र पोखरा उपमहानगरपािलकाका सचिबहरुसंग बर्तमान निर्बाचनको औचित्य बिषयमा अन्तरक्रिया गरेको छ।
अन्तरक्रियामा सहभागि सचिबहरुले बर्तमान अबस्थामा आयोजना गरिएको निर्वाचनको औचित्य नभएको बताएका छन्। सरकारी कर्मचारीको कर्तब्यको हिसावले सरकारका गतिबिधिमा संलग्न हुनुपर्ने बाध्यता भएपनि अन्र्तआत्मालाई साक्षी राख्दा संबिधानसभाबाट संबिधान बन्ने संभावना नदेखिएको उनीहरुले औल्याएका छन्। कुनैपनि लोकतान्त्रीक देशहरुमा राजनीतिक दलभन्दा बाहिरको नेतृत्वको कल्पना हुन नसक्ने भएपनि नेपालमा लोकसेवा पास गरेको कर्मचारीलाई देशको नेतृत्व दिनुनै दुर्भाग्य भएको कृष्तिनाच्ने चौर गाबिसका सचिब दयाराम लामिछानेले बताए। गाबिसका जनताले मतदाता नामावलीमा नाम दर्ता गरेकाले पनि मतदानमा उत्साह नदेखाएको लामिछानेले अनुभब प्रस्तुत गरेका थिए।
पोखरा उपमहानगरपालिका वडा नं ६ का सचिब राज बहादुर कोईरालाले संबिधानसभामा सबै शक्तिलाई समेट्न पर्ने बताए। वडा नं १७ का सचिब भक्त बहादुर घर्तिले जनसंख्याको आधारमा मतदाता नामावली संकलनमा कम जनता सहभागि भएको उल्लेख गरे । वडा नं ९ का सचिब लोकदर्शन कोईरालाले माओबादी प्रति राखिएको अपेक्षामा घात भएको बताए । हालको निर्वाचन गर्दैमा मुलुकले निकास नपाउने बरु प्रमुख शक्तिहरु बाहिर रहेर गरिएको चुनावले मुलुकमा द्धन्द निम्त्याउने उनको भनाई थियो । जनजिबिकाको सवालमा पछिल्लो समयमा माओबादीले बेवास्था गरेको कोईरालाले गुनासो गरे।
र्निमलपोखरी गाबिसकी सचिब दमयन्ती कोईरालाले बिद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भएपनि निर्वाचन बुथ बिद्यालयमै राख्न नहुने बताईन्। ०६८ साउन जेठ ११ गते राज्यले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर आफैले उल्लंघन गरेको उनको भनाई थियो । कार्यक्रममा नेकपा–माओबादी तमुवान सह–सेक्रेटरी हरिबहादुर चुमान, कास्की जिल्ला ईन्चार्ज आस्थाले निर्बाचन बहिस्कार कार्यक्रमलाई सहयोग गरि राष्ट्र बचाउने अभियानलाई सहयोग गर्न आग्रह गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस