एचकेनेपाल डट कम संवाददाता-
सर्लाही, २६ साउन। प्रहरीले आज बिहान सर्लाहीको मलंगवामा सञ्चालित अवैध मदिरा भट्टी छापा मार्दा मदिरामा भ्यागुता, जुटका बोरा, युरिया मल तथा पुरानो कपडा मिसाइएको तथ्य फेला परेको छ।

प्रहरीको विशेष सर्च अभियान टोलीले मदिरा भट्टीबाट बरामद गरिएको करीब १० हजार लिटर तयारी मदिरा र कच्चा पदार्थ नष्ट गरिएको जनाएको छ। प्रहरीले ९ थान मेसिन, १६ थान एल्मुनियमका ठूलो भाँडो, १४ वटा टिनको ड्रम, ४ वटा प्लाष्टिकका ड्रम, ६० थान प्लाष्टिकका ग्यालेन, १ थान ग्यास सिलिण्डर र चुल्हो बरामद गरिएको प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। प्रहरीले गोप्य रुपले छापा मारेपनि भट्टी मालिक र कामदार फरार भएका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस