एचकेनेपाल डट कम संवाददाता-
कपिलवस्तु, २५ साउन। स्वतन्त्र पत्रकार सघ नेपाल जिल्ला शाखा कपिलवस्तुको बैठक सघका केन्द्रीय सचिव नन्दराम पौडेलको आथित्वमा तौलिहवामा सम्पन्न भएको छ।

बैठकले प्रथम जिल्ला अधिबेसनमा आर्थिक सहयोग पुर्याउने ,वार्षीक ७ हजारको पत्रकारीता पुरस्कारका लागी सहयोग पुरु्याउने ऋषि गैरे तथा विभिन्न पत्रपत्रिका रेडियो मार्फत शुभकामना दिने तथा सुबेक्षा ब्यक्त गर्ने संघसस्था तथा शुभ चिन्तकहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ । यसै गरी बैठकले आगामी दिनमा संचालन गरिने कायक्र्रमहरुको वार्षीक कार्ययोजना बनाउन अध्यक्ष सुरेन्द्रराज लम्साल,केन्द्रीय पार्षद,बनारशी बर्मा,सल्लाहकार भक्तिराम पन्थि उपाध्यक्ष कोपिला पोखरेल र सचिव पार्वती आर्चायलाई जिम्मा दिने निर्णय गरेको छ।

संघको बैठकले जिल्लाका पत्रकारहरुको औषधी उपचार,आर्थिक सहयोग ,लेखनबृत्ति सम्मान तथा पुरस्कारका लागी कल्याणकोष स्थापना गर्न पहल गर्ने निर्णय गरेको छ । स्वतन्त्र पत्रकार संघमा आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागी आधारभुत पत्रकारीता तालिम संचालन गर्न विभिन्न निकायसगं सहकार्य गरी संचालन गर्ने र जिल्लाका महत्वपुर्ण सवालहरुमा नागरीकको सहभागीतामा संवाद कार्यक्रम संचालन गर्ने निर्णय गरेको अध्यक्ष सुरेन्द्रराज लम्सालले बताएका छन्।

बैठकमा संघका केन्द्रीय सचिव नन्दराम पौडेलले स्वतन्त्र निश्पक्ष र ब्यवसायिक रुपमा पत्रकारीताका लागी सवै पत्रकारलाई आग्रह गरेका थिए । यसैगरी एडभोकेसी फोरमका संयोजक ओम प्रकास अर्यालले स्वतन्त्र पत्रकार बन्न चुनौती रहेको बताउदै ब्याबहारमा स्वतन्त्र बन्न सुझाव दिएका थिए । बैठकमा सल्लाहकार भक्तिराम पन्थि,केन्द्रीय पार्षद बनारशी बर्मा लगाएत कार्य समितिका सदस्य तथा आमन्त्रीत सदस्यहरुले सुझाव दिदै स्वतन्त्र पत्रकार संघलाई अगाडी बढाउन आफुहरु सकृय रुपमा सहयोग गर्ने बताएका थिए।

बैठक अध्यक्ष सुरेन्द्रराज लम्सालको अध्यक्षता र सचिव पार्वती आर्चायको संचालनमा एडभोकेसि फोरमको हल तौलिहवामा सम्पन्न भएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस