Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अनिज कास्कीको प्रशिक्षण शुरु

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ३ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कास्कीले क्षमता अभिवृद्धिका लागि शुक्रवारदेखि दुइदिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ।

यसअघि, प्रशिक्षणको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष राजबहादुर गुरुङले मुलुक संक्रमणकालमा रहेकाले प्रेसलाई कुण्ठित गर्न खोजेको बताउनुहुदै जस्तोसुकै अप्ठ्यारोमा पनि संचारमाध्यमले निष्पक्ष,स्वतन्त्र र सकरात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो।

अनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर र्घर्ती, सचिव पुर्ण हृयोल्मो, नेवा तजिलजि दवुका अध्यक्ष विष्णुशंकर ख्वाउजुले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको संचालन सचिव रुद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो भने उपाध्यक्ष विवि आले सिन्धुलीयाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको
थियो। पोखरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा कास्कीका क्रियाशील आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका प्रतिनीधिहरु गरी ४० जनाको सहभागीता रहेको छ।

प्रशिक्षणको दोश्रो दिन शनिवार आदिवासी जनजातिका वर्तमान मुद्धा, सूचनाको हक र सञ्चार विषयमा अधिवक्ता जुनाकुमारी गुरुङले प्रशिक्षण दिनु हुने अनिज कास्कीले जानकारी दिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by