एचकेनेपाल डट कम संवादाता-
पोखरा, २४ साउन। पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाले पत्रकार तथा कर्मचारीहरुको तलबमा १५ देखि ३० प्रतिशतसम्म वृद्धि गरेको छ।

हालै सरकारले कर्मचारीलाई गरेको तलब वृद्धिलाई मध्यनजर गरी पत्रिकाले आफ्ना श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई पनि पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो। पत्रिकाले पत्रकारको न्यूनतम तलब १० हजार ५० र कर्मचारीहरुको न्यूनतम तलब सात हजार पाँच सय रुपैयाँ कायम गरेको छ। यसैगरी, उपल्लो तहमा पत्रकारको २५ हजारसम्म र कर्मचारीको २० हजारसम्म तलबको व्यवस्था गरिएको छ। आदर्श समाज राष्ट्रिय दैनिकले विगत चार वर्षदेखि नै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्दै आएको छ भने मूल्य अभिवृद्धि करमा समेत विधिवत् दर्ता भएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस