तिलविक्रम थेवे /एचकेनेपाल डट कम –
दोहा, कतार। सम्सारा थकाली भान्छा घरका संचालक तथा समाजका सहयोगी हरी पुनको सक्रियता एवं प्रवासी नेपाली युवा सेवा समाज दोहा कतारको संयूक्त पहलमा ईद धमाका २०१३ का लागि नेपालबाट कलाकारहरु कतार आईसकेका छन्।

इदको दोस्रो दिन सम्पन्न हुने सो धमाका कार्यक्रमका लागि नेपालबाट लोकप्रिय कलाकारहरु लोकप्रिय गायक राजेशपायल राई, लोकदोहोरी गायक गायिका पशुपति शर्मा र टिका पुन, प्रतिभाशाली नृत्याङ्गना रोमा न्यौपाने, कुशल नृत्याङ्गना पार्वती राई, सुरिली स्वरकी गायिका रजीना रिमाल, मेरी वास्सैका लोकप्रिय हास्य कलाकारद्धय केदार घिमिरे (माग्ने बुढा) र सुरज चापागाई (वान्द्रे) कतारमा आएका हुन्।


कतार आइपुगेकी रोमा। तस्वीरः तिलविक्रम थेवे / एचकेनेपाल डट कम

यी लोकप्रिय कलाकारहरुले इदको दोस्रो दिन अगष्ट ९, तारिख २०१३ मा स्पोटर्सक्लव दोहा कतारमा आयेजित सोहीदिन २ सो को प्रस्तुतीमा आफ्ना अनुपम प्रस्तुतीहरु पस्कनेछन् । सोही कार्यक्रममा कतारमा रहदै आएकी लोकप्रिय लोकदोहोरी गायिका देविका केसी (गुरुङ्गले)े पनि आफ्ना वेजोड प्रस्तुत पस्कनेछिन्।

नृत्याङ्गना रोमा न्योपानेले दाँयाँ खुट्टाले मात्र नृत्य गरेर कतारमा रहेका नेपाली समुदायलाई आफ्नो अद्धितीय र साहसिक प्रतिभा पस्कने भएकी छिन् । “अपाङ्गलाई दया होइन अवसर देउ अपाङ्गले पनि सपाङ्गले जस्तै हरेकक्षेत्रका आफ्ना कार्यकौशलता प्रस्तुत गर्न सक्छन्” भन्ने उदाहरण बोकेकी इटहरी सुनसरीकी रोमाले आफू ८ वर्षको हुदा सवारी दुर्घटनामा आफ्ना वाँया खुट्टा गुमाउनु परेको थियो।


कतार आइपुगेका गायक राजेशपायल राईलगायत अन्य कलाकारहरु विमानस्थलमा

आफ्नो साहस र परिश्रमले नृत्य क्षेत्रमा लागि सोको प्रशिक्षणसमेत लिई नेपालमै कुशल नृत्याङ्गनाका रुपमा परिचय बनाएकी रोमाले मलेसिया, कुवेत, कोरिया, इजराएल लगायतका मुलुकमा आफ्नो प्रतिभा प्रस्तुत गरेर प्रवासमा रहेका नेपाली समुदायका विचमा प्रशंसा बटुलेकी छिन् भने नेपालमा शक्ति अवार्ड प्राप्त अपाङ्ग नृत्याङ्गना हुन्।
आफ्नो प्रतिभाबाट प्रभावित भएर इजरायलका दूतावासले इजरायलमा आफ्नो प्रतिभा प्रस्तुत गर्न निमन्त्रणा दिएपछि अन्तर्राष्ट्रिय नेपाली संसारमा समेत चिनिएकी रोमा आफूले आफ्नो प्रतिभा पस्तुत गर्दैगर्दा कसैले वैसाखी हातमा नथमाउन्जेल आफू अपाङ्ग कलाकार भएजस्तो नलाग्ने बताउछिन्।

परिवारको समेत उत्साह र प्रेरणा पाएको हुँदा यस क्षेत्रमा यति धेरै प्रगति गर्नसकेको बताउने नृत्याङ्गना रोमाले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले रोमा न्योपानेको प्रस्तुतिलाई हेरिदिनु भयो भनेमात्र पनि आफू सन्तुष्ट रहने विचार व्यक्त गर्दै प्रवासमा आयोजित कार्यक्रममा आयोजकहरुले अपाङ्ग कलाकारहरु निमन्त्रणा गरेर अपाङ्ग कलाकारप्रति गरेको अतुलनिय सम्मानका लागि आफू आभारी रहेको बताइन् ।

नेपालका नाम चलेका कलाकारहरुलाई मात्र प्राथमिकता दिने संस्कार भएकोले अहिले कलाकारहरुको सम्मान र महत्व आसगरी प्रवासमा रहेका आदरणीय दाजुभाई दिदीबहिनीहरुद्धारा हुने गरेकोले विदेशमा आफ्नो प्रतिभा प्रस्तुत गर्न उत्साह हुने रोमाले बताइन्। प्रतिभाशाली रोमालाई भारतिय कलाकार सुधाचन्द्रनसंग (हिन्दी चलचित्र नाचे मयुरीकी नायिका) समेत तुलना गर्ने गरिन्छ।

“अन्य लोकप्रिय गायक गायिका, हास्यकलाकार लगायत नृत्याङ्गनाहरुका साथमा प्रतिभाशाली अपाङ्ग कलाकार रोमालाई नै किन रोजियो यो इद धमाका कार्यक्रममा ?” भन्ने जवाफमा इद धमाका २०१३ का प्रस्तुतकर्ता एवं सम्सारा थकाली भान्छाघरका संचालक हरी पुनले नेपालमा रहेका बहुमुखी प्रतिभाका धनी अपाङ्ग कलाकारहरुलाई प्रवासबाट पनि सम्मान र उत्प्रेरणा दिनुपर्छ भन्ने भावना रहेको हुदा अन्य कलाकारहरुसंगै रोमा न्योपानेलाई निमन्त्रणा गरिएको हो । यो च्यारिटी सो को १५ प्रतिशत रकम दूतावासको रोहवरमा कलाकार रोमाको हातमा राखिदिएर अपाङ्ग कलाकारप्रति हार्दिक र उच्च सम्मान व्यक्त गर्न चाहेको समेत पुनले बताए।

यसवर्ष अन्य नेपाली कार्यक्रम समेत नझुधेको हुँदा यसपालीको कतारको इदको यो एक्लो कार्यक्रममा धेरै नेपाली दर्शकहरु आउने र २ हजारभन्दा बढी टिकट विक्री भइसकेको हुनाले अवश्य पनि कार्यक्रम खचाखच हुने अपेक्षा गरिएको समेत पुनले बताए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस